― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest news‘धुरन्धर’ को नेपाल कमाइ ५ करोड नाघ्यो – KhabarHost

‘धुरन्धर’ को नेपाल कमाइ ५ करोड नाघ्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ले नेपालमा ५ करोड १२ लाख २० हजार २६ रुपैयाँ ग्रस कमाएको छ।
  • यो फिल्म भारत र पाकिस्तानबीचको भूराजनीतिक कथामा आधारित एक्सन-स्पाई थ्रीलर हो र नेपाली दर्शकले रुचाएका छन्।
  • भारतमा फिल्मले ३०० करोडभन्दा बढी कमाएको छ र अक्षय खन्नाको गीत नेपालमा भाइरल बनेको छ।

काठमाडौं । रणवीर सिंह, अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालको बक्सअफिसमा समेत उत्साहजनक कमाइ गरिरहेको देखिएको छ । आइतबार मध्यान्हसम्म फिल्मको नेपाल कमाइ ५ करोड ग्रस नाघेको छ ।

सिनेपाः बक्सअफिसमा फिल्मको कूल कलेक्सन आइतबार दिउँसो १२ बजेसम्म ५ करोड १२ लाख २० हजार २६४ नेरु ग्रस पुगेको छ । शनिबार मात्रैको कलेक्सन ८० लाख हाराहारीमा छ ।

भारत र पाकिस्तानबीचको भूराजनीतिको कथावस्तु समेटिएको यो एक्सन-स्पाई थ्रीलर नेपाली दर्शकलाई समेत रुचिपूर्ण लागेको देखिएको छ । अन्य ठूला फिल्म नहुँदाको फाइदा पनि यो फिल्मले उठाएको देखिन्छ ।

भारतमा यो फिल्मले शनिबारसम्म ३०० करोेडभन्दा धेरै कमाएको छ । अक्षय खन्नाको एन्ट्री गीत नेपालमा समेत भाइरल बनेको देखिएको छ भने केही नेपाली कलाकारले पनि यसमाथि रिल्स, टिकटक बनाइरहेका छन् ।

छिमेकी मुलुकमा पाएको चर्चाले नेपालमा समेत यसलाई फाइदा पुगेको देखिन्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More