― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsमृतकको संख्या ४० पुग्यो, ११५ जना घाइते – KhabarHost

मृतकको संख्या ४० पुग्यो, ११५ जना घाइते – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित बारमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन्।
  • घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ ।
  • आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । मृतक र घाइतेको पहिचान गर्न समय लाग्ने बताइएको छ।

काठमाडौं । स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १:३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको बारमा आगलागी भएको थियो ।

भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए ।

मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि एकिन हुन सकिरहेको छैन । यद्यपि कम्तिमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

धेरै व्यक्तिहरु आगोमा जलेर घाइते भएका छन् । भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरैजना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही घाइतेलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य सहरहरू, लोजान र ज्युरिखका अस्पतालमा पनि पठाइएको छ ।

लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालले १२ जनाको उपचार गरिरहेको जनाएको छ । केहीको उपचार जेनेभा युनिभर्सिटी अस्पताल पनि भइरहेको छ ।

आगलागीमा परी विभिन्न देशका नागरिक प्रभावित भएका छन् । अधिकारीहरुले मृतक पहिचान र घाइतेको उपचार गरी आफन्तलाई जिम्मा लगाउने काम पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

मृतक र घाइतेको पहिचान गर्न अझै लामो समय लाग्न सक्ने बताइएको छ । पीडित परिवारहरुसँग सहजीकरणका लागि हेल्पलाइन नम्बर +४१ ८४८ ११२ ११७ खुला गरिएको छ ।

इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।

फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुन सक्ने सम्भावना नकार्न नसकिने बताएको छ । फ्रान्सेली सञ्चारमाध्यमले कम्तीमा दुई घाइते फ्रान्सेली नागरिक रहेको रिपोर्ट गरेका छन् ।

तीन जना इटालियन नागरिकलाई मिलानको निघुवार्दा अस्पताल (जहाँ ठूलो बर्न्स युनिट छ) मा सारिँदैछ । उनीहरूको शरीरको ‘३०–४० प्रतिशत भाग जलेको’ इटालियन काउन्सिलर गुइडो बर्तोलासोले बताएका छन् ।

बिहीबार साँझको पत्रकार सम्मेलनमा अधिकारीहरूले आगो लाग्दा बारभित्र कति जना थिए भन्ने थाहा नभएको बताएका छन् ।

राज्य काउन्सिलर स्टेफान गान्जरले नयाँ वर्षको पार्टीका बेला उक्त बारमा युवाहरुको उत्सवमय भीड रहेको बताए ।

अटर्नी जनरल बियाट्रिस पिलुदले यो दु:खद अवस्था कसरी उत्पन्न भयो भन्ने परिस्थितिको पहिचान गर्न अनुसन्धान सुरु गरिएको जानकारी दिइन् ।

पत्रकारहरूले चम्किने फ्लेयरसहितका स्याम्पेन बोतलहरू आगलागीको कारण हुन सक्ने हल्ला र सिँढीहरू ‘धेरै साँघुरा’ थिए कि थिएनन् भन्ने प्रश्न गर्दा उनले अनुसन्धान जारी रहेकाले केही पुष्टि गर्न नसकिने बताइन् ।

उनले सिँढी साँघुरा देखिए पनि तिनीहरू नियमअनुसार थिए कि थिएनन् भन्ने मूल्याङ्कन अनुसन्धानले गर्ने स्पष्ट पारिन् ।

स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकको पहिचान गर्न हप्तौँ लाग्न सक्ने बताए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More