― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsमिटर ब्याज पीडित आन्दोलनका अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

मिटर ब्याज पीडित आन्दोलनका अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश



काठमाडौं । मिटर ब्याज आन्दोलन अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । शनिबार जनकपुरमा आयोजित सभामा संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले दाहाल पार्टी प्रवेश गराएका थिए ।

पछिल्लो समय चीनमा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरिरहेका दाहालसँगै मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको समूह पनि नेकपामा प्रवेश गरेको थियो ।

दाहालले मधेसमा मिटर ब्याज पीडितलाई संगठित गरेर २०७९ चैत २ गते महोत्तरीको बर्दिवासबाट १२ दिन पैदल मार्च गराएर काठमाडौंसम्म ल्याएका थिए । दबाबमुलक पैदल यात्राका कारण तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले मिटरब्याज सम्बन्धी कानुन बनाएको थियो भने मिटर ब्याज सम्बन्धमा छानबिन गर्न आयोग समेत बनाएको थियो ।

दाहालका अनुसार प्रचण्ड प्रधानमन्त्री भएका समय झन्डै ५ हजार पीडितले आफ्नो गुमाएको जमिन फिर्ता पाएका थिए ।

दाहालले उखु किसानको न्याएका लागि समेत आन्दोलन गरेका थिए । दाहाल मधेशका भूमिहीनहरुको आन्दोलनमा समेत सक्रिय छन् ।

२०५५ सालमा भूमि आयोगले महोत्तरीको भंगहा नगरपालिकाका थारू टोल नै अन्य व्यक्तिको नाममा पास गरेपछि पीडित भएकाहरुलाई उनीहरुको जमिन फिर्ता ल्याउन दाहाल संघर्षरत छन् ।

यसैगरी उनले चितवनको बाँदरझुलाका भूमिहीन सुकुम्बासीहरुलाई समेत काठमाडौं ल्याएर आन्दोलन गरेका थिए ।

झन्डै एक दशक विद्यार्थी आन्दोलनमा समेत सक्रिय भएर त्रिभुवन विश्वविद्यालय सुधार अभियान चलाएका थिए । त्रिवि सेवा आयोगले २०७६ सालमा १५६ जना कर्मचारी माग गरेकोमा अधिकांश कर्मचारी, नेताका आफन्तहरूलाई भर्ना गरेको भन्दै उनी २९ दिनसम्म आयोगको गेटमा धर्ना बसेका थिए ।

कोरोना महामारीको कारण लकडाउन भएका समयमा भारतले नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा सडक उदघाटन गरेपछि दाहालले आफ्ना साथीहरुलाई समेटेर माइतीघरबाट आन्दोलन सुरु गरेका थिए । उनले ती दिन आन्दोलन गरेपछि देशभरि आन्दोलन उठेको थियो । त्यसपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय‌ सम्बन्धमा विद्यावारिधी गरिरहेका दाहालले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको खेलमैदानमा परिणत भएको र राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै युवाहरु विचार सहित संगठित र गोलबन्द हुन आवश्यक रहेको बताए । उनले अग्रजहरूको अनुभव र युवाहरुको ऊर्जालाई मिलाएर नेपालमा समाजवादको यात्रालाई अगाडि बढाउन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More