― Advertisement ―

HomeLatest newsचौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन

चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन


राष्ट्रिय

समाचार.

  • दाङको घोराहीमा सम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ ।
  • प्रतियोगितामा १५४ विद्यालयका खेलाडीहरूले सातै प्रदेशबाट सहभागिता जनाएका थिए ।
  • पुरुषतर्फ उत्कृष्ट खेलाडी दुर्गा माध्यमिक विद्यालयका चन्द्र सारु मगर र महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयकी मेग्मा गुरुङ घोषित भइन् ।

२१ मंसिर, घोराही । दाङको घोराहीमासम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ ।

नेपाल हाप्किडो संघको आयोजना तथा दाङ भ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा दाङ भ्याली कलेजमा भएको प्रतियोगितामा दाङ भ्याली कलेजले ९ स्वर्ण, ९ रजत र १२ कास्य पदक सहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा लालमटियाको गोरखा आइडियल स्कुल टोलीले ५ स्वर्ण र ३ कास्य पदक जित्दै दोस्रो भयो । त्यस्तै, डडेलधुरा जिल्लाको दुर्गा माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्‍यो ।

दाङ भ्याली कलेज हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक तथा प्रतियोगिताका संयोजक विशाल थापा, शुभ सन्देश शिक्षा सदनका प्रिन्सिपल थमन बस्नेत, नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, उपमहासचिव मोहमद समिर हल्वाई, केन्द्रीय सदस्य राजेन्द्र मडाई, प्रमुख प्रशिक्षक प्रविण गुरुङ र सहायक प्रमुख प्रशिक्षक सुदिप तामाङ लगायतको उपस्थितिमा विजेता खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ डडेलधुरा जिल्लाको दुर्गा माध्यमिक विद्यालयका चन्द्र सारु मगरले हात पारे भने महिलातर्फ कास्की जिल्लाको महेन्द्र माध्यमिक विद्यालयकी मेग्मा गुरुङ उत्कृष्ट घोषित भइन् ।

त्यसैगरी राइजिङ स्टार खेलाडी श्रेणीमा पुरुषतर्फ गोरखाको आइडियल स्कुल, लालमटियाका करलस खड्का र महिलातर्फ सगरमाथा स्कुल, गोग्लीकी ज्यास्लीन पौडेलले सम्मान प्राप्त गरे ।

उत्कृष्ट रेफ्रीतर्फ पुरुषमा नुवाकोटका अमृत गुरुङ र महिलामा दाङकी एलिशा खड्का उत्कृष्ट बनेकी छन् । अनुशासन श्रेणीमा पुरुषतर्फ चितवनका धिरज पौडेल र महिलातर्फ रौतहटकी दिलु तामाङलाई सम्मान प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट स्कुल डोजाङको उपाधि दाङ भ्याली कलेज हाप्किडो डोजाङले प्राप्त गर्‍यो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधित्व गरेका १५४ विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More