― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsमाधव नेपाल – KhabarHost

माधव नेपाल – KhabarHost



१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग हुन लागेको एकता सुटुक्क र व्यक्तिगत रुपमा नभएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले वार्ता टोली बनाएर नै एकता प्रक्रिया अघि बढाइएको जिकिर गरे ।

‘यो सुटुक्क र व्यक्तिगत रूपमा एकता गरेको पनि हैन । सचिवालय स्थायी कमिटीको निर्णय अनुसार, वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाएको हो,’ नेपालले बैठकलाई सम्बोधन गर्दै भनेका छन् ।

साथै, उनले माओवादी केन्द्रसँग मात्रै नभइ महेन्द्र राय यादव, विप्लवको एउटा समूहसँग पनि एकता हुने जानकारी दिए । नेपालको दाबी अनुसार, जेनजीको वार्तामै बसेका मान्छेहरू पनि एकता प्रक्रियामा सामेल हुन खोजेका छन् ।

‘यो माओवादी केन्द्रसँग मात्र होइन, महेन्द्र राय यादव, आज विभाजन भएको विप्लव समूहसँग पनि एकता हुन्छ । जेनजीको वार्तैमा बसेका मान्छेहरू पनि आउन खोजेका छन् पार्टीमा,’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले प्रचण्डलाई नेतृत्व छाड्न सुझाएको पनि बताए । त्यस्तै, उनले आफू पनि संसार घुम्न मन भएको र त्यही अनुसार नेतृत्वमा नबस्ने घोषणा गरे ।

‘मैले प्रचण्डलाई ३६/४० वर्षभयो नेतृत्व छोड्नुहोस् भनेको छु । म पनि संसार घुम्न मन छ । नेतृत्वमा बस्दिनँ,’ नेपालले भनेका छन्, ‘विप्लवलाई हाम्रो अझै पनि ढोका खुला छ । मैले महासचिव हुनुस् भनेको थिएँ, तर उहाँले मान्नुभएन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More