― Advertisement ―

यी विशाल चिनियाँ एलईडी डोमहरूले स्फेयर अवधारणा उधारो र लस भेगास लागतको एक अंशमा डेलिभर गर्छन्।

चीनमा एस-ग्यास प्रक्षेपणको भेगास शैलीको आकर्षण लागतहरू।चिनियाँ विकासकर्ताहरू एक्लै तमाशाको सट्टा सांस्कृतिक कथा कथनलाई पछ्याउँछन्।Tiangong Nova ले क्षेत्रीय दर्शकहरूको लागि 16K इमर्सिभ मनोरञ्जन ल्याउँछ।चीनले...
HomeLatest newsझलनाथले बोल्छु भन्दाभन्दै काटियो माइक, सकियो बैठक

झलनाथले बोल्छु भन्दाभन्दै काटियो माइक, सकियो बैठक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टी एकताको प्रस्तावमा साझा मत बन्न नसक्दा बैठक सौहार्दपूर्ण समापन हुन सकेन।
  • अध्यक्ष माधवकुमार नेपालले माओवादी सहितका शक्तिहरुसँगको एकता प्रक्रिया नरोकिने निर्णय लिए र सचिवालय बैठकबाट निर्णय हुने जानकारी दिए।

१४ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सौहार्दपूर्ण समापन हुन सकेन ।

वरिष्ठ नेता वेदुराम भुसालले राखेको पार्टी एकताको प्रस्तावमा साझा मत बन्न नसक्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बोल्दाबोल्दै बैठक समापन भयो । तीन दिनसम्म चलेको बैठकमा खनाल सहित महासचिव घनश्याम भूसाल पक्षधर नेताहरुले नेतृत्व पुनर्गठन नगरी एकतामा जान नहुने अडान लिएका थिए ।

तर अध्यक्ष माधवकुमार नेपालले माअ‍ेवादी सहितका शक्तिहरुसँग हुने एकता प्रक्रिया नरोकिने निर्णय लिए । ‘यो सुटुक्क र व्यक्तिगत रुपमा एकता गरेको पनि होइन । सचिवालय, स्थायी कमिटीको निर्णय अनुसार वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया प्रक्रिया बढाइएको हो,’ बैठक समापन गर्दै नेपालले भने ।

बाचुञ्जेल नेतृत्वमा बस्ने रहर पनि आफूसँग नरहेको अध्यक्ष नेपालले तर्क गरेका थिए । ‘मैले प्रचण्डलाई ३६/४० वर्ष भयो नेतृत्व छोड्नुस् भनेको छु । म पनि संसार घुम्न मन छ, नेतृत्वमा बस्दिनँ,’ उनले भने । यति भनेपछि अध्यक्ष नेपालले सचिवालय बैठकबाट एकताबारे निर्णय हुने जानकारी पनि दिए ।

‘धेरै जोडकोण मिलाउन बाँकी छ । सचिवालयमा बसेर हामी त्यो निर्णय लिन्छौ,’ माधव नेपालले यति आफ्नो प्रतिवेदन पारित गराउने अनुमति मागेका थिए । तर पूर्वप्रधानमन्त्री खनालले असहमतिमा बोले ।

‘हाहा, हुहुले हुँदैन । मैले ३० बुँदाको दस्तावेज रोखेको छु,’ खनालले भन्दै थिए । तर यतिमै माइक काटियो र बैठक सकियो । ‘माइक काटिएपछि बैठक सकिएको जानकारी भयो, हामी हिड्यौ,’ एक नेताले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More