― Advertisement ―

निन्जाले घरको कफी निर्माताहरूसँगको सबैभन्दा ठूलो, सबैभन्दा घिनलाग्दो समस्या समाधान गरेको छ, र बरिस्टाको रूपमा, म विश्वास गर्न सक्दिन कि कसैले यो पहिले सोचेको...

म यहाँ TechRadar मा धेरै कफी मेसिनहरूको परीक्षण गर्छु - प्रत्येक वर्ष एक दर्जन भन्दा बढी - र त्यहाँ एउटा कुरा छ जसले मलाई...
Homeराष्ट्रिय समाचारमहानगरले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक कार्यालयमा गृहमन्त्री, मनोबल नघटाउन आग्रह

महानगरले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक कार्यालयमा गृहमन्त्री, मनोबल नघटाउन आग्रह



१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयमा गृहमन्त्री ओमप्रकाश अर्यालले निरीक्षण गरेका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै आइतबार महानगर प्रहरीको टोली डोजर लिएर भत्काउन पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयको पत्रपछि महानगर प्रहरीले उक्त कार्यालय नभत्काइ फर्किएको थियो ।

यसैबीच सोमबार गृहमन्त्री अर्याल उक्त प्रहरी कार्यालय पुगेका थिए ।

सुरक्षा निकायको मनोबल बढाउन गृहमन्त्री अर्याल आफैं फिल्डमा खटिएको उनको सचिवालयले बताएको छ । उनले त्यहाँ पुगेर प्रहरी कार्यालयमा आक्रमण गर्नु उचित नभएको बताए ।

जेनजी आन्दोलनपछि देशभरका कार्यालय तोडफोड र आगजनी भोगेको प्रहरी प्रशासन त्यसयता त्रसित छ । यस्तो अवस्थामा प्रहरी कार्यालयमा डोजर चलाउनु उपयुक्त नभएको गृहमन्त्री अर्यालको भनाइ छ ।

सो क्रममा मनोवल बढाउनेगरी गृहमन्त्री अर्याल सोमबार बालाजु, कालिमाटी र थापाथलीमा रहेका वृत्त पुगेर अवलोकन गरेका हुन् ।

सो क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्धक्क भएर सुरक्षाको काममा खटिन निर्देशन दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More