― Advertisement ―

‘धेरै संस्थाहरूसँग AI लगानी समस्या छैन, तिनीहरूसँग डाटा समस्या छ’: नयाँ अध्ययनले चेतावनी दिन्छ कि पूर्वाधार मागहरू वास्तवमै एआईलाई पछाडि समातिरहेको हुन सक्छ।

कन्फ्लुएन्ट वा रिसर्चको बारेमा फर्महरू छन्। लगानीहरू - महत्वाकांक्षाहरू त्यहाँ छन्बरु, कम्पनीहरूले लिगेसी डेटा प्रणालीहरूसँग संघर्ष गरिरहेका छन्हामीलाई थाहा थिएन कि हामीलाई त्यसबेला निरन्तर...
HomeLatest newsमधेशमा बढ्दो मधुमेह, १६ सयमा जाँच गर्दा ३६० मा अत्यधिक चिनीकाे मात्रा

मधेशमा बढ्दो मधुमेह, १६ सयमा जाँच गर्दा ३६० मा अत्यधिक चिनीकाे मात्रा



१५ माघ, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका स्वास्थ्य शाखाले मधुमेह रोग पत्ता लगाउने घरदैलो अभियानको रिपोर्ट सार्वजनिक गरेको छ । स्वास्थ्य शाखाले एनालाइजर प्रविधिको प्रयोग गरेर शिविर सञ्चालन गरिएको थियो ।

शाखाले सार्वजनिक गरेको रिपोर्टअनुसार नगरपालिकाका १० वटै वडाका एकहजार ६०२ जनामा मधुमेह परीक्षण गरिएको थियो । जसमा ८१९ महिला र ७८३ पुरुष थिए । जसमध्ये ३६० जनामा मधुमेह भेटिएको स्वास्थ्य शाखा संयोजक वैजनाथ साहले जानकारी दिए । उनकाअनुसार १० देखि ४० वर्षसम्म उमेर समूहका १०३ जनामा अत्यधिक मात्रामा मधुमेह देखिएको छ ।

स्वास्थ्य शाखाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ पुस २३ गतेदेखि माघ १० गतेसम्म घरघरसम्म पुगेर मधुमेह जाँच गरेको थियो ।

बोदेबरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंहले युवाहरूमै मधुमेह देखिनुले गम्भीर अवस्था देखाएको बताए । ‘निकै चिन्ताजनक अवस्था देखाएको छ । अब अन्य रोगसरह मधुमेहको चिन्ता पनि गर्नुपर्ने भयो,’ उनले भने ।

स्वास्थ्य शाखा संयोजक साहले फेरिँदो आहार व्यवहारका कारण यस्तो चिन्ताजनक अवस्था सिर्जना गरेको बताए । यस्तोमा समस्या सुरुमै पत्ता लगाउनु झन् जरुरी बनेको पनि साहको भनाई छ । ‘समयमै स्वास्थ्यसम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाइएको हो,’ उनले भने, ‘रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रम सञ्चालन गर्दा मधुमेहको समस्या अगाडि आयो ।’

स्वास्थ्य शाखाले मधुमेह परीक्षणबाहेक घरघरमा पुगेर गर्भवती जाँच, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएको संयोजक साहले बताए ।





Read More