― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsभीम रावल  – KhabarHost

भीम रावल  – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन्।
  • रावलले ओली र देउवाको दाम्पत्यले केही दिनअगाडि सत्ता उल्ट्याउन गोप्य बैठक बसेको र ओलीले हेलिकप्टरमा भाग्नु परेको बताए।
  • उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार नहुँदा चिन्ता व्यक्त गर्दै यार्सागुम्बा र जडीबुटीको सदुपयोग र बजारीकरण हुन नसकेको बताए।

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिवार आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले ओली र देउवा दाम्पत्यले केही दिन अगाडि सत्ता उल्ट्याउन गोप्य बैठक बसेको बताएका हुन् ।

तोपले पनि सरकार ढल्दैन भन्ने ओली हेलिकप्टरमा भाग्नु परेको र आफ्नै निवासमा रगत बगाएका देउवा अझै पनि नसुध्रिएको उनको ठहर छ ।

‘मलाई लागेको थियो उहाँको दाम्पत्यले रगतबाट शिक्षा लिनुहुनेछ । चेत फर्किने छ’ उनले भने, ‘सुध्रेलान् भनेको त केही दिन अगाडी देउवा र ओली दम्पती त पुरानै सत्ताको घृणित खेल खेल्न गोप्य बैठक पो गरेछन् ।’

उनले देउवाको काँच चढेर पहाड जस्तै बलियो सरकार बनाएको दम्भ देखाउने ओली सरकारलाई नव युवाको एउटा आवाजले घुँडा टेकाएको बताए ।

‘सुशासन देऊ, भ्रष्टाचारीलाई कारबाही गर भन्ने युवाको माग सम्बोधन गर्नुको साटो उल्टै उनीहरूमाथि दमन गर्ने,’ नेता रावलले भने, ‘देशमा अशान्ति भयो, जनता असुरक्षित भए, त्यसपछि हेलिकप्टर चढेर भाग्ने ? उसकै ठुला कुरा ।’

ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीले अझै आफू शक्तिशाली हुँ भन्न लाज मान्नु पर्ने अवस्था रहेको बताए । रावलले सङ्कटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न समेत आग्रह गरे ।

नेता रावलले आफ्नो सम्बोधनका क्रममा कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याऊ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More