― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsभीमफेदी कारागारका २७२ कैदीबन्दी फर्किए, १६८ जना अझै फरार

भीमफेदी कारागारका २७२ कैदीबन्दी फर्किए, १६८ जना अझै फरार



९ मंसिर, बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने १६८ जना कैदीबन्दी अझै फरार छन् ।

गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म २७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए ।

कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताए ।

प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् ।

फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए ।

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताए ।





Read More