― Advertisement ―

रोबोटिस्ट रोडनी ब्रूक्स द्वारा दिन को उद्धरण: ‘रोबोटको दृश्य उपस्थितिले यसले के गर्न सक्छ र यो कत्तिको स्मार्ट छ भनेर प्रतिज्ञा गर्दछ’ – एक...

कम्पनीहरूको स्लेटसँग धेरै फरक प्रोटोटाइपहरू निर्माण गर्दै मानवीय रोबोटहरू बढिरहेका छन्। चाहे तिनीहरू उत्पादन लाइनमा हुन डिजाइन गरिएको होस् वा तपाईंको घरको वरिपरि विभिन्न...
HomeLatest newsभाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध – KhabarHost

भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध – KhabarHost


फाइल तस्वीर


राष्ट्रिय

समाचार.

  • १० पुसमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रमा पहिरोले मेची राजमार्गको १० मिटर सडकखण्ड पुरिएर यातायात सेवा अवरुद्ध भएको छ।
  • प्रहरी प्रमुख बेदप्रसाद गौतमले प्रहरी टोली घटनास्थलमा खटिएको र सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको जानकारी दिनुभयो।

१० पुस, ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए।

-राससबाट





Read More