― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsभड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक : प्रधानमन्त्री – KhabarHost

भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक : प्रधानमन्त्री – KhabarHost



१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू ‘निर्वाचनको वातावरण ध्रुविकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ सचेत’ रहेको बताएकी छन् ।

उनले सोमबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले द्वेषपूर्ण अभिव्यक्तिमाथि शून्य सहनशीलताको नीति सरकारले अवलम्बन गरिरहेको बताइन् ।

‘निर्वाचनको वातावरण ध्रविकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ। निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरुले तत्काल र सार्वजनिक कारबाही गर्नेछन्,’ प्रधानमन्त्रीले भनेकी छन्, ‘शान्तिपूर्ण मतदान सुनिश्चित गर्न हट–स्पटु नक्सांकन र गुप्तचर परिचालन बढाइएको छ । र, नागरिक खबरदारी झनै आवश्यक छ ।’

भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध कसले दिएको छ भनेर भने उनले केही खुलाइनन् ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको चुनाव तय भएको छ । यो निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको प्रधानमन्त्री कार्कीको भनाइ रहेको छ ।

‘यदि हामी यसपटक असफल हुन्छौं भने, देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा धकेलिनेछ,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘नागरिक समाजका नेताहरूको रूपमा, तपाईंहरूले सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्नका लागि ‘तेस्रो शक्ति’को रूपमा सक्रिय र निर्णायक भूमिका खेल्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ ।’





Read More