― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest news‘बिग बोस सिजन १९’ को उपाधि गौरव खन्नालाई – KhabarHost

‘बिग बोस सिजन १९’ को उपाधि गौरव खन्नालाई – KhabarHost


राष्ट्रिय

समाचार.

  • भारतीय टिभी शो ‘बिग बोस १९’ को ग्रान्ड फिनालेमा गौरव खन्नाले विजेता उपाधि जितेका छन्।
  • सलमान खानले गौरवलाई नगद ५० लाख भारुसहित ट्रफी पुरस्कार प्रदान गर्नुभयो।
  • गौरवले ‘सेलिब्रेटी मास्टरशेफ’ र ‘बिग बोस १९’ लगातार दुई रियालिटी शो जितेका छन्।

मुम्बई । भारतीय टिभी च्यानल कलर्सबाट प्रसारण हुने बहुचर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन १९ ले विजेता प्राप्त गरेको छ । आइतबार राती आयोजित ग्रान्ड फिनालेमा गौरव खन्नाले उपाधि जिते ।

होस्ट समेत रहेका अभिनेता सलमान खानले उनलाई नगद ५० लाख भारुसहित ट्रफी पुरस्कार प्रदान गरे । खन्नाले यसअघि दिइएको टास्कमा पनि एक कार पुरस्कार जितेका थिए ।

फरहाना भट्ट प्रथम उपविजेता र प्रणित मोरे द्धितीय उपविजेता घोषित भए । गौरवले अमल मलिक, फरहाना, प्रणित मोरे र तान्या मित्तलसँग कडा प्रतिस्पर्धा गर्दै विजेता बने ।

खन्नाको शान्त, संयमी र तार्किक दृष्टिकोण प्रतिस्पर्धामा देखियो, जसले धेरैको मन जित्यो । घरभित्र, उनको यो स्वभाव नक्कली भएको हल्ला फैलिन थाल्यो ।

चाहे त्यो राम्रो होस् वा नराम्रो, प्रतिस्पर्धीबीचको झगडामा गौरव संलग्न होस् वा नहोस्, उनी सधैं छलफलको विषय बने । सलमानले पनि गौरवको खेल र रणनीतिको प्रशंसा गरे ।

फराह खान ‘वीकेन्ड का वार’ मा आउँदा पनि उनले गौरवलाई ‘सम्भावित विजेता’ भनेकी थिइन् । खन्नाको करियर सन् २००६ मा टिभी कार्यक्रम ‘भाभी’ मा सानो भूमिकाबाट सुरु भएको थियो । त्यसपछि उनी धेरै अन्य टिभी सिरियलमा देखा परे र धेरै विज्ञापनमा पनि देखिए ।

एक समय थियो जब गौरव कैसाथ तीनवटा कार्यक्रममा काम गर्थे । दिनको २० घण्टासम्म काम गर्थे । “कुमकुम : एक प्यारा सा बन्धन’ र “जीवन साथी’ जस्ता कार्यक्रममा उनी निकै लोकप्रिय थिए ।

तर “अनुपमा’ उनको करियरमा एउटा कोसेढुङ्गा साबित भयो । अनुज कपाडियाको भूमिकामा उनले निर्वाह गरेको अभिनयले ठूलो ख्याति दिलायो र घरघरमा परिचित बनायो ।

आज, गौरव खन्ना एक टेलिभिजन सुपरस्टारको रूपमा चिनिन्छन् । उनले लगातार दुई रियालिटी शो जितेका छन्, : पहिलो “सेलिब्रेटी मास्टरशेफ’ र अहिले “बिग बोस १९ ।’

‘बिग बोस १९’ ग्रान्ड फिनालेको कुरा गर्दा, सो अवसरमा धेरै नृत्य र गायन प्रस्तुति पनि समावेश थिए । हालै दिवंगत भएका बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधनमा सलमान भावुक देखिए । उनका आँखा रसाएका थिए ।

सो अवसरमा जियो हटस्टार र कलर्स च्यानलमा यसपछि आउने सिरिज र कार्यक्रमको पनि घोषणा गरिएको थियो ।





Read More