― Advertisement ―

यो जहाँ जादू वास्तविक हुन्छ — के तपाईं मिकी, मार्वल, स्टार वार्स र थपमा हाम्रो 30 प्रश्नको अन्तिम डिज्नी क्विजमा जान सक्नुहुन्छ?

यदि तपाइँ तपाइँका चलचित्रहरू मनपर्छ - वा टिभी कार्यक्रमहरू, एनिमेसनहरू, थिम पार्कहरू, भिडियो गेमहरू (सूची जारी छ!) - त्यसोभए तपाइँ कम्तिमा पनि आंशिक रूपमा...
HomeLatest newsकम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण – KhabarHost

कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण – KhabarHost



२२ मंसिर, काठमाडौं । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरू गरेको छ  । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरू गरेको बताएको छ ।

आक्रमण थाल्यान्ड–कम्बोडियाको विवादित सीमा क्षेत्रमा भइरहेको बीबीसीले जनाएको छ ।

सोमबार बिहान थाइल्यान्डले आफ्नो सैन्य टुकडीमाथि कम्बोडियाका तर्फबाट फायरिङ हुँदा दुई सैनिकको मृत्यु भएको र अन्य चार जना घाइते भएका बताएको थियो ।

यद्यपि, केही समयपछि थाइल्यान्डको सेनाले मारिएका सैनिक र घाइतेको संख्या परिवर्तन गरेको थियो । थाई सेनाका प्रवक्ताले पत्रकार सम्मेलनमा कम्बोडियाका तर्फबाट फायरिङ हुँदा एक सैनिकको मृत्यु भएको र आठ सैनिक घाइते भएका बताएका थिए ।

उता, कम्बोडियाले आक्रमणको सुरूवात थाइल्यान्डले गरेको दाबी गर्दै आफूले जवाफ फर्काएको बताएको छ । दुवै देशहरूले एकअर्कामाथि युद्ध विराम उल्लंघनको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाको मध्यस्थता थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको थियो ।

गत जुलाई महिनमा सीमा विवादका कारण दुवै देशबीच पाँच दिन संघर्ष चलेको थियो । उक्त संघर्षम कम्तिमा पनि ४८ जनाको मृत्यु भएको थियो । झण्डै तीन लाख मानिसहरू विस्थापित भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More