― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsबार्सिलोनासँग दूरी घटाउँदै रियल मड्रिड – KhabarHost

बार्सिलोनासँग दूरी घटाउँदै रियल मड्रिड – KhabarHost


राष्ट्रिय

समाचार.

  • रियल मड्रिडले ला लिगामा लेभान्टेलाई २-० ले पराजित गरेको छ।
  • रियलको जितमा केलिएन एमबाप्पे र राउल असेन्सियोले गोल गरे ।
  • २० खेलबाट ४८ अंक जोडेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा एक अंकले पछि छ ।

३ माघ, काठमाडौं । केलिएन एमबाप्पे र राउल असेन्सियोले दोस्रो हाफमा गरेको गोल मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार लेभान्ंटेलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई पहिलो हाफमा भ्रमणकारी टोलीले लेभान्टेले गोलरहित बराबरीमा रोकेको थियो ।

तर दोस्रो हाफमा रियलले पेनाल्टी पाएपछि खेलले अर्को मोड लिएको थियो । एमबाप्पेले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए । राउल असेन्सियोले ६५औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे ।

जितपछि रियल मड्रिडले २० खेलबा६ ४८ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४९ अंक छ ।





Read More