― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsबंगलादेश टी-२० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने

बंगलादेश टी-२० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने


राष्ट्रिय

समाचार.

  • आईसीसीले बंगलादेशलाई टी-२० विश्वकप २०२६ बाट हटाएको छ किनभने बंगलादेश क्रिकेट बोर्डले भारतमा खेल्न जान अस्वीकार गरेको थियो।
  • बंगलादेशले भारतबाहिर श्रीलंकामा खेल सार्न माग गर्दै भारतमा विश्वकप नखेल्ने अडान राखेको थियो र आईसीसीले सुरक्षा चिन्ता अस्वीकार गरेको थियो।
  • बंगलादेशको स्थानमा स्कटल्यान्डले टी-२० विश्वकप २०२६ मा खेल्ने मौका पाएको छ, जुन टोली विश्वकपमा खेल्ने दोस्रो उच्च वरियतामा छ।

१० माघ, काठमाडौं । आईसीसीले टी-२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको हो ।

बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू भारतबाहिर श्रीलंकामा सार्न माग गर्दै आएको थियो । आईसीसीले पनि विश्वकप पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने बताउँदै आएपनि बंगलादेश पनि आफ्नो निर्णयबाट पछि हटेको थिएन ।

बिहीबार नै  बीसीबी, राष्ट्रिय टिमका खेलाडीहरू र सरकारका खेलकुद सल्लाहकारबीच ढाकामा भएको बैठकपछि पनि बंगलादेशले टी-२० विश्वकप भारतमा खेल्न नजाने अडान कायमै राखेको थियो ।

बुधबार भएको आईसीसी बोर्ड बैठकपछि आईसीसीले बीसीबीका सुरक्षा चिन्तालाई अस्वीकार गर्दै, भारतमा खेल्न नगएमा बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर अर्को टिमलाई मौका दिने चेतावनी दिएको थियो।

यसकारण अब बंगलादेशको स्थानमा स्कटल्यान्डले मौका पाउने भएको छ । स्कटल्यान्ड यूरोप छनोट पार गर्न नसक्दा विश्‍वकपमा छनोट भएको थिएन ।

बंगलादेश नखेलेको अवस्थामा हाल विश्‍वकपमा खेल्नेबाहेक सबैभन्दा माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डले खेल्ने मौका पाएको हो ।

आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि बीसीबी र भारतीय क्रिकेट बोर्डबीच विवाद सुरु भएको थियो ।

त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा समेत प्रतिबन्ध लगाएको थियो भने बीसीबीले भारतमा विश्वकप नखेल्ने पत्र आईसीसीलाई पठाएको थियो।

-क्रिकइन्फोबाट

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More