― Advertisement ―

युके सुरक्षा एजेन्सीले आधिकारिक रूपमा पासकीहरू पासवर्ड भन्दा उच्च घोषणा गर्दछ – पासकीहरू प्रमाणीकरणको लागि ‘पहिलो छनौट’ हुनुपर्दछ

द सुपर सेक्युरिटी सेन्टरको आधिकारिक रूपमा साइबर सेन्टरको आधिकारिक रूपमा पास भएको छ। परम्परागत पासवर्डहरू।पासकीहरूले यन्त्र-भण्डार गरिएका क्रिप्टोग्राफिक कुञ्जीहरू प्रयोग गर्छन्, प्रायः बायोमेट्रिक्सद्वारा अनलक...
HomeLatest newsबंगलादेशमाथि अन्याय भएको भन्दै पाकिस्तानको पनि टी-२० विश्‍वकप सहभागिता अनिश्चित

बंगलादेशमाथि अन्याय भएको भन्दै पाकिस्तानको पनि टी-२० विश्‍वकप सहभागिता अनिश्चित


राष्ट्रिय

समाचार.

  • आईसीसीले पुरुष टी–२० विश्वकप २०२६ बाट बंगलादेश हटाएर स्कटल्याण्ड समावेश गरेको छ।
  • पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष मोहसिन नक्वीले सरकारसँग छलफलपछि मात्र विश्वकपमा सहभागिताको निर्णय हुने बताए।
  • बंगलादेशको खेल श्रीलंकामा सार्न माग अस्वीकार भएपछि पाकिस्तानले बंगलादेशको समर्थन गरेको छ र नखेल्ने निर्णय भए युगान्डालाई मौका मिल्न सक्छ।

१० माघ, काठमाडौं । आईसीसीले आगामी पुरुष टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएर स्कटल्याण्डलाई समावेश गरेपछि पाकिस्तानको सहभागिता पनि अनिश्चित बनेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले पाकिस्तान सरकारसँग छलफलपछि मात्र अन्तिम निर्णय हुने बताएका छन्। नक्वीले आईसीसीमाथि ‘डबल स्ट्यान्डर्ड’ अपनाएको आरोप लगाउँदै बंगलादेशमाथि अन्याय भएको टिप्पणी गरेका छन् ।

‘विश्वकप खेल्ने वा नखेल्ने निर्णय सरकारको हुनेछ। हामी सरकारको निर्देशन मान्छौं, आईसीसीको होइन’ उनले भने।

बंगलादेशले भारतमा खेल्न असुरक्षित भएको भन्दै आफ्ना खेल श्रीलंकामा सार्न माग गरेको थियो। तर आईसीसीले उक्त माग अस्वीकार गर्दै अन्ततः बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्यान्डलाई समावेश गरेको छ ।

पाकिस्तानले यस विषयमा बंगलादेशको समर्थन गर्दै आएको थियो। यदि पाकिस्तान सरकारले नखेल्ने निर्णय गरेमा, आईसीसीले थप अर्को टिम समावेश गर्न सक्ने नक्वीको भनाइ छ।

यदि त्यसो भएमा युगान्डाले मौका पाउन सक्छ । हाल टी-२० विश्वकप खेल्नेबाहेकका टोलीहरूमध्ये सबैभन्दा माथिल्लो वरियतामा युगान्डा (२१औं वरियतममा) छ ।

टी–२० विश्वकप २०२६ भारत र श्रीलंकाको संयुक्त आयोजना हुनेछ। पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्ने तय भएको छ ।

-क्रिकइन्फोबाट

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More