― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsफलेवासमा दुना टपरीको फ्याक्ट्री बनाइदिने – KhabarHost

फलेवासमा दुना टपरीको फ्याक्ट्री बनाइदिने – KhabarHost


राष्ट्रिय

समाचार.

  • मिस नेपाल लुना लुइँटेलले मिस वर्ल्ड २०२६ को तयारी अन्तर्गत पर्वतको फलेवासमा स्वास्थ्य, शिक्षा र उद्यमशिलताको परियोजना सुरु गरेकी छन्।
  • फलेवासको खानी गाउँस्थित वडा ५ मा दुना टपरी उत्पादन कारखाना निर्माण भइरहेको छ र स्थानीय महिलालाई मेसिन र औजार प्रदान गरिनेछ।
  • स्थानीय विद्यालयमा ९० लाख मूल्यको स्याटेलाइट टेलिमेडिसिन राखिने र पुस्तकालय तथा शौचालय निर्माणको योजना छ, जसको लागि ५५ लाख लागत लाग्ने बताइएको छ।

काठमाडौं । मिस नेपाल लुना लुइँटेलले आगामी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ को तयारी तीव्ररुपमा अघि बढाइरहेकी छन् । यो मेसोमा महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’ को काम पनि सुरु भएको छ ।

सो विधाको लागि लुनाले पर्वतको फलेवासमा स्वास्थ्य, शिक्षा र उद्यमशिलताको परियोजना सुरु गरेकी छन् । फलेवासको खानी गाउँस्थित वडा ५ मा यो प्रोजेक्टअनुसार दुना टपरीको उत्पादन कारखाना निर्माण सुरु भएको छ ।

स्थानीय महिलाको उद्यमशिलतामा सघाउन यो फ्याक्ट्रीले सहयोग गर्ने आशा उनको छ । साथै, ती महिलालाई दुना टपरी बनाउने औजार र मेसिन पनि प्रदान गरिने भएको छ ।

स्थानीय जनता आधारभूत विद्यालयमा ९० लाख मूल्य पर्ने टेलिमेडिसिन राखिने भएको छ । एनसेलको स्याटेलाइट टेलिमेडिसिन प्रोजेक्टअन्तर्गत यो दूर चिकित्सा मेसिन राख्न लागिएको हो । धुलिखेल अस्पतालको सपोर्ट क्लिनिक रहेको उक्त थलोबाट स्थानीयले दूर चिकित्सा सेवा लिन सक्ने बताइएको छ ।

उक्त विद्यालयमा पुस्तकालय निर्माणदेखि एक शौचालय बनाउने योजना पनि छ । यो प्रोजेक्टको लागि ५५ लाख लागत लाग्ने मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरलाई बताए ।

अहिले परियोजनाको लागि आर्थिक संकलन भैरहेको मिस नेपाल लुनाले जानकारी दिइन् । लुनाले यसबाहेक मिस वर्ल्डका अन्य विधाको पनि तयारी गरिरहेकी छन् ।

नेपाल ‘ब्यूट विथ पर्पस’ को दाबेदार मुलुक हो । यो विधामा उत्कृष्ट हुन सके सीधै सेमिफाइनलमा प्रवेश गर्ने मौका हुनेछ । मिस वर्ल्ड २०२६ को आयोजना स्थल र मिति भने तय हुन बाँकी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More