― Advertisement ―

Homeराष्ट्रिय समाचारप्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना - KhabarHost - नेपालको...

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, जेठ २०

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने नियत नरहेको र मिडियासम्बन्धी संवैधानिक अधिकारको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले जिम्मेवार पत्रकारिता आवश्यक रहेकोमा जोड दिँदै संविधानले दिएको प्रेस स्वतन्त्रतामा अंकुश लगाउन नसकिने बताउनुभयो ।

प्रेस काउन्सिल नेपाल र केन्द्रीय चलचित्र सेन्सर बोर्डलाई सुदृढ गर्न सरकारले काम गरिरहेको पनि मन्त्रीले बताए।



थप पढ्नुहोस्