― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
Homeप्रेम सम्बन्धमा थिए नितु र बाबुल – KhabarHost

प्रेम सम्बन्धमा थिए नितु र बाबुल – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गायिका नितु पौडेलले १ कात्तिकमा आत्मदाह प्रयास गरेकी थिइन् र ७ कात्तिकमा उपचारको क्रममा मृत्यु भएकी छन्।
  • नितु पौडेल र संगीतकार बाबुल गिरी झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए र विवाहलाई लिएर विवाद चलिरहेको थियो।
  • नितुको मृत्युपछि उनका दाइले बाबुल गिरीविरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दिएका छन्।

७ कात्तिक, काठमाडौं । गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । अनामनगरस्थित स्टुडियोमा केही दिनअघि आत्मदाह प्रयास गरेकी नितुको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ ।

बाबुलको स्टुडियोको तलपट्टी नितुको डुर्बिना क्याफे छ । चिया पसल चलाउनेदेखि उनले संगीत करिअरलाई पनि अघि बढाउँदै आएकी थिइन् । उनीहरूको प्रेम सम्बन्धबारे पछिल्लो समय संगीत क्षेत्रका अधिकांश जानकारजस्तै थिए ।

सुरुमा सुरुमा नितुको प्रेममा बाबुल मोहितजस्तै थिए । नितुसँगको एकोहोरो प्रेममा बाबुल परेको र उनलाई पछ्याउने गरेको निकट स्रोत बताउँछन् । केही समयपछि यी दुईजनाको दुईतर्फी प्रेम मौलायो र नितुले पनि बाबुललाई प्रेम गर्न थालिन् ।

अनामनगर सामुदायिक प्रहरीको पछाडि पट्टी डेरा लिएर बस्दै आएकी नितु र बाबुलको सम्बन्ध निकै घनिष्ट थियो । स्रोतका अनुसार, उनी नितुको कोठामा बस्ने, आउनेजाने पनि गर्थे ।

सांगीतिक सहकार्य पनि गरे । धेरै चर्चित नभएपनि लो–प्रोफाइलमा रहेर नितुले एक दशकभन्दा लामो समयदेखि सांगीतिक करिअरलाई अघि बढाइन् । ‘उनी राम्रो गाउने मिहेनती गायिका हुन्’ स्रोतले भन्यो ।

केही वर्षयता विवाहलाई लिएर दुईजनाबीच खटपट चल्न थालेको थियो । बाबुलसँगको गहिरो प्रेममा परेकी नितुलाई परिवारले अमेरिका–अस्ट्रेलिया बस्ने केटासँग विवाहको प्रस्ताव पनि ल्याए । तर, नितुले बाबुलसँग बाहेक अरुसँग विवाह नगर्ने अडान लिइन् ।

उमेरले ३० वर्ष पुग्न लागेकी नितुलाई परिवारले विवाहको लागि दबाब दिन थालेपछि उनले बाबुललाई चाँडो विवाह गर्न दबाब दिइरहेकी थिइन् । स्रोतका अनुसार ७–८ महिनायता बाबुलले विवाह टार्दै आएका थिए । ६ महिनायता त उनीहरूबीच विवाहलाई लिएर झगडा हुँदै आएको थियो ।

विवाहलाई लिएर दिनहुँ झगडा हुन थालेपछि बाबुलले नितुसँग विवाह नगर्ने सम्म बताउन थालेको स्रोत बताउँछ । ‘त्यसपछिका महिनामा नितुमा डिप्रेसनको समस्या देखिन थाल्यो । टोलाउने, एकोहोरिने देखिनुभएको थियो’ स्रोत भन्छ, ‘आत्मदाह गर्नुहोला भनेर हामीले सोचेका पनि थिएनौं ।’

मुख्यतः विवाहको लागि नितुले दबाब दिएर र त्यसलाई बाबुलले टार्ने प्रयास हुँदा झगडा निम्तिएको देखिन्छ । बाबुल पछिल्लो समयका चर्चित संगीतकार तथा पाश्र्वगायक हुन् । गायिका पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताइन्छ ।

यता, गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले बाबुल विरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More