― Advertisement ―

यो उत्कृष्ट मूल्य Chromebook मा काम र दैनिक प्रयोगका लागि $250 मुनिका लागि आवश्यक पर्ने सबै कुराहरू छन्

Chromebooks ले पूर्ण रूपमा विकसित विन्डोज वा macOS ल्यापटप नचाहिने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट मूल्य प्रदान गर्दछ। तिनीहरू पोर्टेबल छन्, प्रयोग गर्न सरल छन्, र...
Homeलाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाटै खेल्ने – KhabarHost

लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाटै खेल्ने – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजन नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।
  • जनकपुर बोल्ट्सले मिलान्थालाई अनुबन्ध गरेको र उनको अनुभवलाई रणनीतिक सम्पत्ति मानिएको छ।
  • मिलान्थाले तीन वर्षअघि नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

४ कात्तिक, काठमाडौं । अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो ।

एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् ।

नेपाल क्रिकेट संघले तीन वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई च्याम्पियन बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा ४१ रन बनाएका थिए ।

मिलान्थालाई अनुबन्ध गर्न रणनीतिक कदम भएको र उनको यसअघिको अनुभव एनपीएलका लागि राम्रो हुने जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले बताए ।

‘लाहिरु मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो । उनीसँग यसअघि नेपालमा खेलेको अनुभव छ र त्यो हाम्रो लागि ठूलो सम्पत्ति हो । जसले उनलाई स्थानीय अवस्था र प्रशंसकको अपेक्षाहरूबारे जानकारी हुनेछ,’ श्रेष्ठले भने, ‘उनले त्यो अनुभवलाई आफ्नो खेल कौशलसँग मिलाएर एनपीएलमा हाम्रो टिमका लागि राम्रो प्रदर्शन गर्नेमा हाम्रो विश्वास छ,’ जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले भने ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।





Read More