― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsप्रशिक्षक एन्जो मारेस्काले छाडे चेल्सी – KhabarHost

प्रशिक्षक एन्जो मारेस्काले छाडे चेल्सी – KhabarHost


राष्ट्रिय

समाचार.

  • चेल्सी फुटबल क्लबका मुख्य प्रशिक्षक एन्जो मारेस्काले १७ पुसमा आफ्नो पदबाट राजीनामा दिएका छन्।
  • मारेस्काले क्लबमा पहिलो सिजनमै क्लब विश्वकप जिताए पनि क्लब व्यवस्थापनसँगको सम्बन्ध बिग्रँदै गयो।
  • चेल्सीले पछिल्ला सात लिग खेलमध्ये केवल एक खेल मात्र जितेको छ र शीर्ष चार स्थानबाट बाहिरिएको छ।

१७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा हाल पाँचौं स्थानमा रहेको चेल्सी फुटबल क्लबका मुख्य प्रशिक्षक एन्जो मारेस्काले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

४५ वर्षीय इटालियन प्रशिक्षक मारेस्का क्लबमा आएको पहिलो सिजनमै तथा क्लब विश्वकप जितेको छ महिनापछि नै बाहिरिएका हुन्।

चेल्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘च्याम्पियन्स लिग छनोटसहित चारवटा प्रतियोगितामा अझै लक्ष्य बाँकी रहेकाले टिमलाई सही दिशामा फर्काउन प्रशिक्षक परिवर्तन गर्नु उपयुक्त ठानिएको हो।’

चेल्सीले पछिल्ला सात लिग खेलमध्ये केवल एक खेल मात्र जितेको छ। डिसेम्बर महिनामा छ खेलबाट जम्मा ६ अंक मात्र जोड्दा टोली शीर्ष स्थानमा रहेको आर्सनलभन्दा १५ अंकले पछाडि परेको छ।

तर समस्या केवल नतिजामा मात्र सीमित थिएन। मारेस्काले क्लबका खेलकुद निर्देशकहरू र सह-मालिकलाई सुरुमा प्रभावित पारेका थिए। उनले चेल्सीलाई शीर्ष चारमा पुर्‍याए र कन्फरेन्स लिग तथा क्लब विश्वकप जिताए। तर समयसँगै उनको क्लब व्यवस्थापनसँगको सम्बन्ध बिग्रँदै गयो।

एभर्टनलाई २–० ले हराएपछि मारेस्काले सार्वजनिक रूपमा ‘चेल्सीमा आएपछि सबैभन्दा खराब ४८ घण्टा’ भएको बताएका थिए। यी कुरा क्लबको अनुमति बिना बाहिर आएपछि व्यवस्थापन असन्तुष्ट भयो।

मारेस्काले क्लबको अनुमति बिना पुस्तक प्रकाशित गर्न खोजेका थिए र इटालीमा आयोजित एक खेल महोत्सवमा पनि बोलेका थिए। उनले प्रमुख डिफेन्डर नकिनिएको विषयमा पनि सार्वजनिक असहमति जनाएका थिए।

यसका साथै उनले आफ्नो एजेन्ट परिवर्तन गरे र म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाको उत्तराधिकारी बन्न सक्ने चर्चा पनि चलेको थियो, जसलाई उनले अस्वीकार गरेका थिए। पछिल्ला दिनमा उनले क्लबको ट्र्याकसुटसमेत लगाउन छोडेका थिए।

बोर्नमाउथसँग २–२ को बराबरीपछि उनले अस्वस्थ भएको भन्दै मिडियासँग कुरा गरेनन्। तर वास्तवमा उनले आफ्नो भविष्यबारे सोचिरहेका कारण मिडियाबाट टाढा रहेको बुझिएको छ।

-बीबीसीबाट





Read More