― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsप्रभावित र वैदेशिक रोजगारमा रहेकालाई शिखर पावरको आईपीओ खुल्यो

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई शिखर पावरको आईपीओ खुल्यो


राष्ट्रिय

समाचार.

  • शिखर पावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई प्राथमिक सेयर (आईपीओ) मंगलबारदेखि निष्कासन गरेको छ।
  • कम्पनीले ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ र ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ।
  • प्रभावित स्थानीयले माघ २० गतेसम्म र वैदेशिक रोजगारमा रहेकाले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा क्रमशः फागुन ८ र २० गतेसम्म आवेदन दिन सकिनेछ।

६ माघ, काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीमा ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रभावितका रुपमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका सम्पूर्ण वडा र ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले ९ लाख ८० हजार कित्ता सेयर प्रभावित स्थानीयका लागि छुट्याएको छ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको बुर्तिबाङ र बागलुङ बजारको शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका बुर्तिबाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रभावित क्षेत्रका स्थानीयले छिटोमा माघ २० गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई २ लाख २२ हजार कित्ता सेयर छुट्याएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले बागलुङमा ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा छ ।

आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३।६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More