― Advertisement ―

HomeLatest newsवडा अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार

वडा अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार


राष्ट्रिय

समाचार.

  • फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा वीरगञ्जका दुई वडाध्यक्ष सुशिल साह कानु र रामकिशोर सिंह उम्मेदवार बनेका छन्।
  • कानुले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् भने सिंह नेकपा एमालेबाट उम्मेदवार भएका छन्।
  • कानुले जनता समाजवादी पार्टी नेपालबाट उपाध्यक्ष र यूवा संगठनको सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका थिए भने सिंहले ०६२/६३ को जनआन्दोलनदेखि विद्यार्थी राजनीतिक नेतृत्व गरेका छन्।

६ माघ, वीरगञ्ज । अगामी फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित दुई वडाध्यक्षहरु उम्मेदवार बनेका छन् ।

०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नं. १० का सुशिल साह कानु र रामकिशोर (पराग) वडा नं. २० का वडाध्यक्ष हुन् ।

उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमबाट राजनीतिक यात्रा सुरु गरेका कानुले यसपटक रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्प) बाट पर्साको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका हुन् ।

उनी जनता समाजवादी पार्टी नेपालबाट २०७० सालमा नगरका उपाध्यक्ष हुँदै ०७१ मा जसपा कै यूवा संगठनको केन्द्रिय सदस्य समेत भएका थिए ।

त्यस्तै वडा नम्बर २० का सिंहले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरुवात गरेका हुन् । ०६२/६३ को जनआन्दोलनदेखि विद्यार्थी राजनीतिक नेतृत्व गर्दै आएका थिए ।

२०७४ सालमा नेकपा एमालेकातर्फ वडा अध्यक्षमा लडेका सिंह १ मतले हारेका थिए भने ०७९ को स्थानीय तहको निर्वाचनमा ४ सय १२ विजयी भएका थिए । उनी एमालेको वीरगञ्ज महानगर कमिटीको उपाध्यक्ष समेत थिए ।

 





Read More