― Advertisement ―

एआई वर्कलोडले ग्लोबल हाइपरस्केल डाटा केन्द्रहरूमा क्लाउड पूर्वाधारलाई पुन: आकार दिने रूपमा इंटेल र गुगलले ठूलो Xeon सम्झौतामा लक गर्दछ।

क्लाउड र गुगलमा बहुवर्षीय सम्झौतामा हस्ताक्षर गर्नुहोस्। पूर्वाधारGoogle क्लाउड इन्स्ट्यान्स C4 र N4 पहिले नै Xeon 6 प्रोसेसरहरूमा चल्दछन्Intel र Google ले नेटवर्किङ र...
HomeLatest newsप्रदीप ज्ञवाली – KhabarHost

प्रदीप ज्ञवाली – KhabarHost



२७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २४ भदौमा नेपालले अकल्पिनीय क्षति बेहोर्नुपरेको बताएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सन १८१६ पछि नेपालले कहिल्यै युद्ध नलडेको उल्लेख गर्दै उनले २४ भदौको दृष्य भने नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको जस्तो गराइएको उनले बताए ।

उक्त आन्दोलनपछि जननिर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको र प्रतिनिधिसभा विघटन भएको स्मरण गरे ।

आन्दोलनरत पक्षले पुराना दल र नेताहरू सक्किएको भाष्य समेत बनाउने प्रयास गरेको बताए । तर, महधिवेशनसम्म आइपुग्दा त्यस्तो भाष्य चिरिन सकेको उनले बताए ।

पुराना पार्टीहरू, पुराना नेताहरू सक्किएको भन्ने भाष्य चिर्नेगरी एमालेको महाधिवेशनमा उपस्थिति हुन सकेको भन्दै उनले देश बनाउनेहरूलाई जय, देश जालाउनेहरूलाइ नो भन्ने संकल्प र सन्देश प्रवाह भएको बताए ।





Read More