― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsप्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई नयाँदिल्ली डाइभर्ट गरिएको छ।
  • दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ र इन्डिगो एयरको जहाज दिल्ली डाइभर्ट भएका छन्।
  • आज बिहान लुक्लातर्फका आन्तरिक उडानहरू कम भिजिबिलिटीका कारण रद्द भएका छन्।

१३ कात्तिक, काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।

दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।

आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको हो ।





Read More