― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
Homeखेलकुद़़यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा – KhabarHost

यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्ध दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ।
  • नेपाल र यूएई दुवैले पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए र पहिलो जितको खोजीमा छन्।
  • नेपालले यूएईसँग ओडिआईमा १५ खेल खेलिसकेको छ, जसमा नेपालले ९ र यूएईले ६ खेल जितेका छन्।

१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आफ्नो पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन ।

जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो । दुवै टोली शृंखलामा पहिलो जितको खोजीमा हुनेछन् ।

यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More