― Advertisement ―

अमेजन र अमेरिकी हुलाक सेवा डेलिभरी कटौतीमा सम्झौतामा पुग्यो – ‘दीर्घकालीन साझेदारी’ जारी रहेकोले हुलाक डेलिभरी २० प्रतिशतले घट्यो

USPS को लगभग 0% मा हार्यो पार्सलहरूAmazon USPS को सबैभन्दा ठूलो ग्राहक हो, जसको वार्षिक मूल्य लगभग $6 बिलियन छअमेजनले आफ्नो डेलिभरी नेटवर्क विस्तार...
HomeLatest newsपूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै

पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै


राष्ट्रिय

समाचार.

  • जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ।
  • भण्डारीको नागरिकता २४ भदौमा भएको तोडफोड र आगजनीमा जलेको थियो, त्यसपछि उनले प्रतिलिपी नागरिकता पाउने निवेदन दिएका थिए।
  • काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रतिलिपी नागरिकता दिने निर्णयका लागि विभिन्न सरकारी निकायमा रहेका फोटोकपी र डिजिटल डाटा भिडाइएको बताए।

१८ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ।

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा  उनको नागरिकता पनि जलेको थियो।

‘उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘उहाँले प्रतिलिपी नागरिकता पाँऊ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको प्रमाणपत्रको फोटोकपी र हाम्रो डिजिटल डाटा भिडायौं, त्यसपछि प्रतिलिपी नागरिकता दिने निर्णय भएको हो ।’

जिल्ला प्रशासन कार्यालयले पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिलिपी नागरिकता लिन दिउँसो २ बजे कार्यालयमा बोलाएको छ।





Read More