― Advertisement ―

‘कम्पनीहरूले प्रतिक्रिया नदिने, ती आवश्यकताहरूसँग पङ्क्तिबद्ध गर्दैनन्, युरोपेली बजारमा कठिनाइहरू हुनेछन्’: Zscaler’s Casper Klynge युरोपेली सार्वभौमिकता, ट्रान्सएटलान्टिक सम्बन्ध र एआईको भविष्यको प्रश्नमा।

२०२५ को उत्तरार्धमा, युरोपले क्लाउड प्रदायकका सेवाहरू EU सँग कत्तिको अनुपालन र विदेशी न्यायिकतामा कत्तिको अनुपालना छ कि छैन भनेर मूल्याङ्कन गर्ने तरिका कम्पनीहरूलाई...
HomeLatest newsन्यु डायमन्डको अपराजित यात्रा कायमै – KhabarHost

न्यु डायमन्डको अपराजित यात्रा कायमै – KhabarHost


राष्ट्रिय

समाचार.

  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ।
  • न्यु डायमन्डले नेपाल पुलिसलाई पाँच सेटमा पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ।
  • प्रतियोगिता शनिबार सम्पन्न हुनेछ र विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

२५ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड राउन्ड रोविन लिगमा शुक्रबार अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ४ टिम सहभागी राउन्ड रोविन लिगमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसलाई २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले पराजित गर्‍यो ।

लगातार तेस्रो जितसँगै न्यु डायमन्ड लिगको शीर्ष स्थानमा रह्यो । न्यु डायमन्ड र पुलिसले यो खेलअघि नै उपाधि भिडन्त पक्का गरिसकेका थिए । ३ खेलमा पहिलो हार बेहोरेको प्रहरी लिगमा दोस्रो भयो । न्यु डायमन्डकी प्रतिभा माली ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

अर्को खेल नेपाल आर्मीले एपीएफलाई २७–२५, २१–२५, २५–२१ र २५–२२ ले हराउँदै लिगमा सान्त्वना जित हात पार्‍यो । यि दुई टिम तेस्रो स्थानका लागि खेल्ने छन् । आर्मीकी भावना डाँगी ‘प्लेयर अफ दि म्याच’ बनिन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ ।

विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।





Read More