― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsनिर्वाचन प्रहरी, ४० दिनको रोजगारी (भिडियो) – KhabarHost

निर्वाचन प्रहरी, ४० दिनको रोजगारी (भिडियो) – KhabarHost



२५ पुस, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुलाएसँगै शुक्रबारदेखि आवेदन प्रक्रिया सुरु भएको छ । आवेदन खुलाएकै पहिलो दिन काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा आवेदकहरूको लामो लाइन लागेको छ ।

बिहानैदेखि विभिन्न उमेर समूहका युवायुवतीहरू फारम भर्न पुगेका छन् । आवेदकहरूसँगको कुराकानीमा अधिकांशले ४० दिनको यो अवधिमा केही आम्दानी हुने र नयाँ अनुभव बटुल्ने आशाले आवेदन दिएको बताए । कतिपयले नेपालको बेरोजगारी समस्यालाई जोड्दै यो छोटो अवधिको रोजगारीले पनि राहत मिल्ने धारणा राखे ।

स्वयम्भुबाट आएका दिपक पुन मगरले आफ्नो क्याफे व्यवसाय हुँदाहुँदै पनि चुनावी अनुभव लिन र अतिरिक्त आम्दानीका लागि आएको बताए । उनले भने, ‘४० दिनको लागि हो, चुनाव हेरौं र अनुभव होस् भन्ने लाग्यो । साथीहरू ग्रुपमा आएका छौं ।’

खोटाङ घर भई सिनामंगल बस्ने विकास बोगटी पहिलो पटक निर्वाचन प्रहरीमा आवेदन दिन आएका थिए । विदेश पढ्न जाने तयारीमा रहेका उनले बेरोजगारीका कारण यो अवसर रोजेको बताए । ‘एक्साइटेड छु, चुनाव पनि बल्ल लाग्या जस्तो भयो,’ उनले भने ।

इलाम घर भई गोकर्णेश्वर बस्ने नरबहादुर योङहाङ लिम्बु यो छैटौं पटक म्यादी प्रहरीका लागि आवेदन दिँदै छन् । २०६४ सालदेखि निरन्तर म्यादी प्रहरीमा सेवा दिन आएका उनले यो पटकको वातावरण पहिलेको भन्दा जटिल भएको तर राष्ट्रसेवाको गौरव महसुस हुने बताए ।

‘पेन्टर ठेकेदार’ लिम्बु संस्कृतिसँग जोडिएका उनले यो कामले शारीरिक व्यायाम र राष्ट्रिय उत्सवमा सहभागी हुने अवसर दिने बताए ।

उनले बेरोजगारी समस्यालाई जोड्दै १८ देखि ६० वर्षसम्मका विभिन्न उमेरका आवेदकहरू देखेको उल्लेख गरे ।

बालाजुका दिपक देवकोटा पनि म्यादी प्रहरीमा सेवा गर्न उत्साही छन् । ‘घरमा तरकारी लगाएर बस्या थिएँ । एकाएक फारम खुलेको सुनेँ । ४० दिन काम गरेर इन्गेज हुने अवसर हो भन्ने लागेर यता आएँ,’ भद्रकाली आएका उनले भने ।

कपनकी अम्बिका खतिवडा कलाकारिता क्षेत्रमा सक्रिय छन् । तर, त्यसलाई मात्र आफ्नो आयको बाटो बनाउने सोच उनमा छैन । त्यसैले सरकारले निर्वाचन प्रहरीको लागि आवेदन खुलाउना साथ भद्रकाली आइहालिन् ।

उनले देशसेवा र प्रहरी अनुभवका लागि आवेदन दिएको बताइन् । कलाकारितामा प्रहरीको नक्कल गरेकी उनलाई अब साँच्चै प्रहरी बनेर सेवा अनुभव लिने रहछ छ । ‘रहर पनि छ, देशका लागि केही गरौं भन्ने लाग्छ । ४० दिनमा केही आमदानी पनि हुन्छ,’ उनले भनिन्, ‘यो मौका खेर जान किन दिन्थेँ र ?’

आवेदकहरूले यो छोटो अवधिको रोजगारीले बेरोजगारीको समस्या केही हदसम्म सम्बोधन गरे पनि दिगो रोजगारीको आवश्यकता रहेको बताएका छन् । कतिपय अनुभवी आवेदकले यो कामलाई राष्ट्रिय उत्सव र गौरवको अवसरका रूपमा हेरेका छन् ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More