― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsन्युजिल्यान्डसँगको पहिलो ओडिआईमा भारतको जित – KhabarHost

न्युजिल्यान्डसँगको पहिलो ओडिआईमा भारतको जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • भारतले न्युजिल्यान्डसँगको एकदिवसीय शृंखलाको पहिलो खेल ४ विकेटले जितेको छ।
  • भारतले ३०१ रनको लक्ष्य १ ओभर बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको छ।
  • विराट कोहलीले ९१ बलमा ९३ रन बनाए भने कप्तान शुभमन गिलले ५६ रन बनाए।

२७ पुस, काठमाडौं । न्युजिल्यान्डसँगको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा भारतले जित हासिल गरेको छ । आइतबार वदोदरामा भएको पहिलो ओडिआईमा भारत ४ विकेटले विजयी भएको हो ।

न्युजिल्यान्डले दिएको ३०१ रनको लक्ष्य भारतले १ ओभर बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले ९१ बलमा ९३ रन बनाए । कप्तान शुभमन गिलले ५६ तथा श्रेयस अय्यरले ४९ रन बनाए । केएल राहुल २९ रनमा अविजित रहे । हर्षित रानाले पनि २९ रन बनाए ।

यही खेलमार्फत कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २८ हजार रन समेत पूरा गरेर कीर्तिमान नै बनाए ।

न्युजिल्यान्डका काइल जेमिसनले १० ओभरमा ४१ रन दिएर ४ विकेट लिएपनि जितका लागि पर्याप्त भएन । अदित्या अशोक र क्रिस्टन क्लार्कले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो । डारिल मिचेलले ८४ रन बनाएका थिए । हेनरी निकोल्सले ६२ तथा डेभोन कनवेले ५६ रन बनाए ।

भारतका मोहम्मद सिराज, हर्षित राना र प्रसिध कृष्णाले २-२ विकेट लिँदा कुलदीप यादवले १ विकेट लिए ।

यस जितसँगै भारतले ३ खेलको ओडिआई शृंखलामा १-० को अग्रता लिएको छ ।





Read More