― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsगगन–विश्वलाई योगेश भट्टराईको सलाम – KhabarHost

गगन–विश्वलाई योगेश भट्टराईको सलाम – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनको नेतृत्वप्रति सलाम भनेका छन्।
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन थापा शर्माको अगुवाइमा बहुमत प्रतिनिधिको उपस्थितिमा आइतबारदेखि सुरु भएको छ।
  • एमाले नेता टंक कार्कीले कांग्रेसको विशेष महाधिवेशनलाई समयानुकुल परिवर्तनको रूपमा अर्थ्याएका छन्।

२७ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सलाम भनेका छन् ।

आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने संस्थापनको निर्णयविरुद्ध विशेष महाधिवेशनको नेतृत्व गरेका थापा र शर्माप्रति सम्मान व्यक्त गर्दै भट्टराईले सलाम भनेका हुन् ।

‘हामीले बोल्यौं, केही गर्‍यौं, तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो, सलाम मित्रहरू’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

कांग्रेसको संस्थापन पक्षको धेराबन्दीका बाबजुद थापा शर्माको अगुवाइमा महाधिवेशनका बहुमत प्रतिनिधिको उपस्थितिमा आइतबारबाट कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ ।

जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका थापाको यो अगुवाइको चौतर्फी प्रशंसा भइरहेको छ ।

भट्टराईले पनि जेनजी आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाएका थिए । एमालेले यहीबीच महाधिवेशन गरे पनि केपी ओली नै निर्वाचित भएका छन् ।

एमाले नेता टंक कार्कीले कांग्रेसको विशेष महाधिवेशनलाई समयानुकुल परिवर्तनको रूपमा अर्थ्याएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कांग्रेसले कम्तीमा समयको पदचाप महसुस गर्‍यो । संरचनात्मक सुधार मात्रै किन नहोस् । पुँजीवादीहरू सामन्तवादीभन्दा प्रगतिशील हुन्छन् भनेर त्यसै भनिएको होइन । समयको चाप नबुझ्नेहरू जडभरत नै हुन् ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More