― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest news‘नेपालको उत्कृष्ट बैंक २०२५’ घोषित – KhabarHost

‘नेपालको उत्कृष्ट बैंक २०२५’ घोषित – KhabarHost



काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि पुन: आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

बैंकलाई ग्लोबल फाइनान्स म्यागजिनले लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक २०२५’ बाट सम्मानित गरेको छ ।

यो सम्मान बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र रेग्मीले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित एक विशेष समारोहमा ग्रहण गरेका हुन् ।

बैंकले यो अन्तर्राष्ट्रिय सम्मानलाई बैंकप्रति ग्राहक तथा सरोकारवालाहरूको विश्वास, टिमवर्क, नवप्रवर्तनको प्रतिफलका रूपमा लिएको बताएको छ ।

यो गौरवपूर्ण उपलब्धि बैंकको सम्पूर्ण परिवारका लागि महत्वपूर्ण क्षण भएको बताइएको छ ।

बैंकले आफ्ना ग्राहकहरू, कर्मचारीहरू, शेयरधनीहरू, सरोकारवालाहरू र नियामक निकायहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





Read More