― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsरुकुमपूर्वमा चौँरी पालन फस्टाउँदै, दुई वर्षमा २८ बाट ४३ पुगे

रुकुमपूर्वमा चौँरी पालन फस्टाउँदै, दुई वर्षमा २८ बाट ४३ पुगे



२ कार्तिक, रुकुमपूर्व । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा चौँरी पालन सफल बन्दै गएको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ का उच्च पहाडी पाटन क्षेत्र-बुकी र आसपासमा सुरु गरिएको चौँरी पालनले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको छ । दुई वर्षअघि परीक्षणका रूपमा सुरु गरिएको चौँरी पालन अब व्यावसायिक विस्तारको दिशामा अघि बढ्न थालेको हो ।

लुम्बिनी प्रदेश सरकारको आठ लाख र गाउँपालिकाको दश लाख रुपैयाँ गरी जम्मा १८ लाख रुपैयाँ खर्चमा २८ वटा चौँरी डोल्पाबाट खरिद गरी ल्याइएको थियो ।

वडा नम्बर १ का वडाध्यक्ष बिरमान कामीका अनुसार सुरुवाती चौँरी संख्या दुई वर्षमै बढेर ४३ पुगेको छ।

‍’दुई वर्षमा १५ वटा चौँरी थपिएका छन्। परीक्षण सफल भएकाले अब यसलाई व्यवसायिक रूपमा विस्तार गरिँदैछ,’ कामीले बताए ।

लुङजुङ, देउराली, सिङखोला, गुरुगाड, निकुङ, फूलबारी, पुपाल, पानीधाल र पूर्बाङलगायतका बुकी पाटन क्षेत्र चौँरी पालनका लागि उपयुक्त मानिएका छन्। हाल वडा नं. १ र २ का दुई कृषक समूहले चौँरीको हेरचाह गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरका अनुसार चौँरी बहुउपयोगी पशु भएकाले यसपालनले स्थानीय आय–आर्जन मात्र नभई पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

‘चौँरीबाट मासु, बाक्लो दूध, घिउ र ऊन उत्पादन गर्न सकिन्छ। साथै यसले भारी बोक्ने काम पनि गर्छ। यसले आर्थिक गतिविधि र पर्यटन दुवैमा योगदान पुर्‍याउने सम्भावना देखिएको छ,’ उनले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व बिकका अनुसार समुद्री सतहदेखि पाँच हजार ७३ मिटर उचाइमा रहेका गुर्गाद र पुपाल बुकी क्षेत्रहरूमा चौँरी पालन फस्टाउँदै गएको छ।

‘परीक्षण सफल भइसकेकाले अब यसलाई योजनाबद्ध रूपमा दीर्घकालीन व्यवसायमा रूपान्तरण गर्ने तयारी भइरहेको छ,’ बिकले जानकारी दिए ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा चौँरी पालनले स्थानीय समुदायमा रोजगारी र आम्दानीका नयाँ ढोका खोल्ने संकेत दिएको छ ।

सरोकारवालाहरूका अनुसार यसलाई पर्यटनसँग जोडेर दीर्घकालीन योजना बनाइए र प्राविधिक सहयोग पुर्‍याइए स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More