― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsनि:शुल्क बसमा सरर एनपीएलका दर्शक (तस्वीरहरू) – KhabarHost

नि:शुल्क बसमा सरर एनपीएलका दर्शक (तस्वीरहरू) – KhabarHost


युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको हो ।

राष्ट्रिय

समाचार.

  • युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघले दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने दर्शकका लागि नि:शुल्क बस सेवा सुरु गरेको छ।
  • नि:शुल्क बस सेवा मुस्कान ट्राभल्ससँग सहकार्यमा बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।
  • बस सेवा चार रुटमा सञ्चालन हुँदैछ र महिला, वृद्ध तथा अशक्तलाई विशेष प्राथमिकता दिइएको छ।

४ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने दर्शकहरूलाई नि: शुल्क बस सेवा उपलब्ध गराइएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको हो ।

उक्त नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको खेलकुदमन्त्रीले बताएका छन् । उनका अनुसार नि:शुल्क सेवा खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।

यसका साथै बसमा महिला, वृद्ध र अशक्तका लागि विशेष प्राथमिकता दिइएको छ । बस चार वटा रुटमा सञ्‍चालन हुँदै आएको छ ।  जसअनुसार पहिलो रुटको बस  टीयू गेट – स्वयम्भू –बालाजु तोकिएको छ ।

यस्तै  दोस्रो रूटको बस टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्जसम्म जानेछ  भने तेस्रो रुटको बस  टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिलसम्म सञ्‍चालन भइरहेको छ ।

यसैगरी  चौथो अर्थात अन्तिम रूटको बस भने टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वरसम्म सञ्‍चालन गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

हेर्नुहोस्  तस्वीरहरू : 

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More