― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsएमालेमा फर्किएका केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि बन्ने

एमालेमा फर्किएका केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि बन्ने



४ मंसिर, काठमाडौं । घर फर्क अभियान अन्तर्गत पार्टीमा फर्किएका तत्कालीन दलका केन्द्रीय सदस्यहरूलाई एमालेले महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘घर फर्क अभियानमा जोडिएका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ,’ ज्ञवालीले बैठकका निर्णयबारे जानकारी गराउँदै भने ।

एमालेको दशौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सुरुमा पोखरामा गर्ने भनिएको एमालेको महाधिवेशन पछि काठमाडौं गर्नेगरी सचिवालय बैठकले निर्णय लिएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More