― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest news‘धुरन्धर’ को नेपाल कमाइ १० करोड नाघ्यो, ‘अवतार ३’ को कति छ...

‘धुरन्धर’ को नेपाल कमाइ १० करोड नाघ्यो, ‘अवतार ३’ को कति छ ?


राष्ट्रिय

समाचार.

  • नेपालमा बलिउड फिल्म ‘धुरन्धर’ को अहिलेसम्मको कमाइ १० करोड १५ लाख १८ हजार ७९५ रुपैयाँ ग्रस पुगेको छ।
  • हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ ले ६ करोड २६ लाख १२ हजार ४०० रुपैयाँ ग्रस कमाएको छ।
  • कार्तिक आर्यन र अनन्या पाण्डे स्टारर ‘तु मेरी, मेरा तेरा, मेँ तेरा, तु मेरी’ ले ३५ लाख ४४ हजार १५३ रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । नेपालमा बलिउड फिल्म ‘धुरन्धर’ को अहिलेसम्मको कमाइ १० करोड ग्रस नाघेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिसको विवरणमा यो कुरा उल्लेख छ ।

पछिल्लो शनिबारसम्म रणवीर सिंह स्टारर हिन्दी फिल्मको कुल कमाइ १० करोड १५ लाख १८ हजार ७९५ रुपैयाँ ग्रस छ । सोही अवधिमा यसका ३ लाख ९ हजार २२७ वटा टिकट बिकेका छन् ।

हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ ले ६ करोड २६ लाख १२ हजार ४०० नेरु ग्रस कमाएको छ । यसका १ लाख ५३ हजार ४०१ वटा टिकट बिकेका छन् ।

कार्तिक आर्यन र अनन्या पाण्डे स्टारर रोमान्टिक ड्रामा ‘तु मेरी, मेरा तेरा, मेँ तेरा, तु मेरी’ ले ३५ लाख ४४ हजार १५३ नेरु ग्रस कमाएको छ । यसका ९७१८ वटा टिकट बिकेका छन् ।

हलिउडको ‘एनाकोन्डा’ ले सोही अवधिमा १६ लाख ८० हजार ९१६ नेरु ग्रस कमाएको छ । दक्षिण भारतीय फिल्म ‘४५’ ले १३ लाख ७५ हजार २५३ नेरु ग्रस कमाएको छ ।

हलिउडको ‘हाउसमेड’ ले ८ लाख ३४ हजार ९४३ नेरु ग्रस कमाउँदा हलिउडकै ‘स्पन्जबब मूभी’ ले ६ लाख ५३ हजार ४३८ नेरु ग्रस कमाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More