― Advertisement ―

HomeLatest newsदेउवा आज सिंगापुर जाँदै – KhabarHost

देउवा आज सिंगापुर जाँदै – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति ९ बजे पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जाने भएका छन्।
  • जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
  • देउवाले २८ गते केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए ।

जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More