― Advertisement ―

तपाईंसँग थप 10 दिनहरू मात्र छन् सर्फशार्कको उत्कृष्ट योजना छुटको मूल्यमा प्राप्त गर्न थप ३ महिना थपिएको छ — दावी गर्ने तरिका यहाँ छ

Surfshark को एक योजना अझै पनि छुट छ, तर यदि तपाईं आफैलाई सदस्यता लिन जाँदै हुनुहुन्छ भने तपाईंको समय सकिएको छ।यो Always सिफारिस गर्नुभयो।...
HomeLatest newsदेउवाले भने- रातिसम्म मिलाउँछौं, अन्यथा निर्णयमा किन जाने ?

देउवाले भने- रातिसम्म मिलाउँछौं, अन्यथा निर्णयमा किन जाने ?


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा समझदारी गरेर जानुपर्ने बताएका छन्।
  • सभापति देउवाले भने, ‘पार्टी नेतृत्व नियमित महाधिवेशनबाट आउँछ र विग्रहको बाटोमा जानुहुँदैन।’
  • प्रवक्ता प्रकाशशरण महतले पार्टी विभाजनले नेपाली जनता, पार्टी र देशलाई फाइदा नहुने उल्लेख गरेका छन्।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा समझदारी गरेर जानुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग सभापति देउवालाई उदृत गर्दै प्रवक्ता प्रकाशशरण महतले समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भनेर बताएको उल्लेख गरेका हुन् ।

‘पार्टी नेतृत्व नियमित महाधिवेशनबाट आउँछ । यसमा द्विविधा छैन भन्ने सबैलाई थाहा छ । अब विग्रहको बाटोमा जानुहुँदैन,’ बैठकपछि महतले भने, ‘पार्टीलाई मजबुत गर्ने बाटोमा जानुपर्छ । अझै पनि रातिसम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने पार्टी सभापतिको भनाइ छ ।’

महतले भोलिसम्म छलफलले निष्कर्ष निकाल्ने पनि बताए । ‘भोलिसम्म सकरात्मक हुन्छ भन्ने आशा छ । पार्टी विभाजनमा लगेर कसैलाई फाइदा छैन । नेपाली जनता, पार्टी र देशलाई नै फाइदा छैन,’ महतले भने, ‘देशलाई जोगाउने भनेको नयाँ पार्टीले पनि सक्दैन । पुराना अन्य पार्टीले पनि सक्दैनन् । सक्ने भनेको कांग्रेसले मात्रै हो ।’

उनले महामन्त्रीहरूलाई अनुरोध गर्दै थपे, ‘अहिले अन्यथा बाटोमा जाने बेला होइन । सबै साथीहरूको भावनालाई कदर हुन्छ, पार्टी एकताबद्ध भएर जाँदा सबैको सम्मान हुन्छ । उहाँहरूको योग्यता क्षमता छ त्यसको प्रयोग यहाँ हुन्छ ।’

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More