― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsदेउवासँग केवल बाँकी छन् केही घण्टा – KhabarHost

देउवासँग केवल बाँकी छन् केही घण्टा – KhabarHost


राष्ट्रिय

समाचार.

  • कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मंगलबार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रियामा अघि बढिएको छ।
  • सभापतिमा चार उम्मेदवारका लागि मनोनयन भइसकेको छ र देउवा पक्ष र गगन–विश्वप्रकाश पक्षबीच स्पष्ट द्वन्द्व देखिएको छ।
  • शेरबहादुर देउवाले आज रातिसम्म पार्टी सभापतिको वैधानिकता राखेका छन्, त्यसपछि बहुसंख्यक प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

२९ पुस, काठमाडौं । विशेष महाधिवेशनलाई भृकुटीमण्डपको भेला भनेर शेरबहादुर देउवा पक्षले सीमित गर्न खोजे पनि कांग्रेसको आन्तरिक जीवनमा यो नै निर्णायक बन्ने प्रष्ट भएको छ ।

कांग्रेस दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन अर्थात् मंगलबार बन्दसत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनहरू पारित भएसँगै अब उनीहरू नेतृत्व चयनतर्फ अघि बढेका छन् ।

सभापतिमा चार उम्मेदवारका लागि मनोनयन फारम लगिसकिएको छ । अरु पदका लागि पनि आकांक्षीहरू भिड्दैछन् ।

कांग्रेस नेता सुवास पोखरेलले बन्दसत्रपछि मिडिया सेन्टरमा बोलेझैं, अब सभापति देउवा र महामन्त्रीहरुका बीचमा कुनै ‘मध्यस्थकर्ता’ रहेन । कांग्रेसमा अब दुई पक्ष देखिएका छन् ः देउवा पक्ष र गगन–विश्वप्रकाश पक्ष ।

विश्वप्रकाशले अर्का महामन्त्री गगनलाई महाधिवेशनको माइकबाटै अबको पार्टी सभापति, अनि प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिसकेका छन्, जसलाई कर्तल ध्वनिले अनुमोदन गरेको छ ।

शेरबहादुर देउवासँग आज रातिसम्म मात्रै पार्टी सभापतिको वैधानिकता बाँकी छ । त्यसपछि कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले गगन वा जोकोही नयाँ अनुहारलाई चुन्न पाउने आफ्नो अधिकार प्रयोग गर्नेछन् ।

यो देउवाको राजनीतिक जीवनमा आएको ठूलो असफलता हुनेछ । याद गरौं, २८ असोजसम्म उनीसँग कांग्रेसको नेतृत्व अधिकार थियो । त्यसपछि पूर्णबहादुर खड्कालाई कार्यबाहक सुम्पँदै सक्रिय राजनीतिबाट अवकाशको संकेत गरे पनि देउवाले फेरि सत्तालोभ गरे ।

राष्ट्रपति, प्रधानमन्त्री लगायतले डाकेका बैठकमा जान थाले । पार्टीका नीति निर्णयमा पूर्णबहादुर खड्कालाई औपचारिक बैठकमार्फत् अघि सारे पनि चाबी भने आफूसँगै राखे ।

देउवाले आज मंगलबार साँझ भनेका छन्, ‘साँझसम्म कुरौं, म मिलाउँछु । किन अन्यथा निर्णय गर्ने ?’

पहिले थोरै बोल्ने देउवाका बोली निर्णायक हुन्थे, अब उनी प्रतिक्रियामा सीमित छन् । उनको यो प्रतिक्रिया प्रकाशशरण महतको मुखबाट बाहिर आएको छ, जसलाई विशेष महाधिवेशनले पूरै खण्डन गरिदिएको छ ।

गगन थापाले भनेका छन्, ‘कुनै सम्झौता भएको छैन, कुनै नयाँ विषय प्रवेश भएछ भने पनि यो विशेष महाधिवेशन हलभन्दा बाहिर निर्णय हुँदैन । यही हलले जे पास गर्छ, त्यही अन्तिम निर्णय हुन्छ ।’

त्यस अर्थमा देउवाका लागि बहुसंख्यक महाधिवेशन प्रतिनिधिले प्रयोग गर्ने पार्टीको सर्वोच्च अधिकारलाई शिरोपर गर्नुको विकल्प हुने छैन ।

साँझ बसेको बैठकपछि रमेश लेखकले विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको बताएका छन् ।

महाधिवेशनमा पेश भएका प्रतिवेदन अध्ययन गरी संस्थापन पक्षबाट आएका सुझाव समावेश गरेर पारित गर्न सकारात्मक भएको उनको भनाइ छ । एमालेसँग चुनावी गठबन्धन नगर्न पनि संस्थापन लचिलो भएको उनले सुनाएका छन् ।

अब सहमति हुन नसकेको मुख्य विषय सभापति देउवा सक्रिय राजनीतिबाट अलग हुने वा पदमा टाँसिइरहने भन्ने हो । आगामी फागुनको आम चुनावमा बाँडिने टिकटमा कसले हस्ताक्षर गर्छ भन्ने अर्को प्रश्न छँदै छ ।

तर यी विषयमा देउवा पक्षले स्पष्ट कुरा गरेको छैन । केवल देउवा सकारात्मक छन् भनेको छ । गगन र विश्वलाई प्रष्टै दबाब छ– ७७ जिल्ला तथा प्रवासबाट आएका प्रतिनिधिहरुलाई ‘होला, यदि, नत्र, त्यसो भएमा’ जस्ता वाक्य प्रयोग गरेर फर्काउन असम्भव छ । उनीहरु अब हुन्छ र हुन्नमा निर्णय लिएर हलमा छिर्नुपर्ने चुनौतीमा छन् ।

यस अर्थमा देउवासँग आज मध्यरातसम्म बोल्ड डिसिजन लिनुपर्ने चुनौती छ । अब पनि उनले पदको हठ गरिराखे भने कांग्रेस विभाजनको बाटोमा जाने छ ।

कुनै बेला विभाजन गरिसकेका देउवाका लागि आफ्नो राजनीतिक अवकाशको संघारमा अर्को कलंक लाग्ने छ । विधानतः अनि संविधान र कानुनको अभ्यास अन्तर्गत पनि देउवा आफूलाई वैध पुष्टि गर्ने कमजोर आधारसहित उभिनुपर्ने अवस्थामा हुनेछन् ।

गगन र विश्व भने पार्टी विधान बमोजिम महाधिवेशनलाई सर्वोच्च निकाय मान्दै बहुमत संख्या जुटाइरहेका छन् ।

देउवाले आफ्नो सम्मानजनक बहिर्गमनको पहलकदमी यसअघि नै गुमाइसकेका छन् । त्यस अर्थमा उनले पार्टी सग्लो राख्दै आफ्नो अनिवार्य अवकाशको बाटो लिनलाई केही घण्टामात्रै बाँकी छन् ।

बुधबार उम्मेदवारहरुले सभापतिदेखि केन्द्रीय सदस्य आदि पदका लागि भोट माग्दै कार्यकर्तासामू मत माग्न थालिसक्दा देउवाका लागि ‘अन्यथा निर्णय किन गर्ने,’ भनी सोध्ने हैसियतसमेत बाँकी रहने छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More