― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsदुर्गा प्रसाईं लक्षित भिमार्जुनको टिप्पणी– मध्यरातको गिरफ्तारी नागरिक शासनको निकै ठूलो धब्बा

दुर्गा प्रसाईं लक्षित भिमार्जुनको टिप्पणी– मध्यरातको गिरफ्तारी नागरिक शासनको निकै ठूलो धब्बा



काठमाडौं । डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेको बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरीले घरबाट पक्राउ गरेको घटनाप्रति लक्षित गर्दै डा. आचार्यले यो धारणा सार्वजनिक गरेका हुन् ।

उनले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु नागरिक शासनको ‘निकै ठूलो धब्बा’ पनि भएको उनले उल्लेख गरेका छन् ।

मध्यरातमा गिरफ्तार गर्न केले बाध्य बनायो ? भनेर प्रश्न गर्दै उनले सरकारसँग जवाफ मागेका छन् । डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनत: बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’

 दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ । प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ ।

प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै काठमाडौं उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको छ ।





Read More