― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest newsपुथा उत्तरगंगाको कार्यपालिका बैठक तातोपानीमा, गर्‍यो १३ बुँदे निर्णय

पुथा उत्तरगंगाको कार्यपालिका बैठक तातोपानीमा, गर्‍यो १३ बुँदे निर्णय



३ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको ४७ औं गाउँ कार्यपालिका बैठक डिमुरगैरा तातोपानीमा सम्पन्न भएको छ ।

‘दिगो पर्यटन विकास हाम्रो प्राथमिकता’ शीर्ष नारासहित बसेको बैठकले पर्यटन पूर्वाधार, बाल अधिकार, शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधार केन्द्रित १३ बुँदे निर्णयहरु पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ संघीय सरकार प्राप्त बजेट करिब ९० लाखमा निर्माण गरिएको भिझ्ने पोखरी, महिला, पुरुषको चेन्जिङ रुमलगायत संरचना गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले उदघाटन गरेका थिए । ‘तातोपानीलाई स्वास्थ्य–पर्यटनको अभूतपूर्व गन्तव्य बनाउने संकल्प’ रहेको अध्यक्ष घर्तीले बताए ।

गाउँपालिकाले तातोपानी क्षेत्रलाई दीर्घकालीन रुपमा प्रवर्द्धन गर्दै हरेक वर्ष माघ १ गतेदेखि तातोपानी स्वास्थ्य पर्यटन महोत्सव  सञ्चालन हुन्थ्यो भने अब पर्यटकहरुलाई स्वास्थ्य पर्यटन क्षेत्रमा भित्र्याउन सकिने उनले बताए ।

यस्तै पर्यटन मार्ग विस्तार गर्न चार ठाउँमा पदमार्ग र सडक निर्माण गर्न गुरगाद–रुपौली पर्यटन पदमार्ग, दम–चौरीलेक पर्यटन पदमार्ग, सेरा–निसेल्ढोर पर्यटन सडक, गुल्जा झरना पदमार्ग तथा काठेपुल बनाउने निर्णय गरेको छ ।

बैठकले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुगेका ७ व्यक्ति तथा संस्थालाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

वडा अध्यक्षदेखि सञ्चारकर्मी, व्यवसायी र ट्रेकिङ गाइडसम्म समावेश व्यक्तिहरूलाई सम्मान गरेर गाउँपालिकाले स्थानीय पर्यटन अभियन्ताको मेहनतलाई औपचारिक कदर गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले बताए ।

गाउँपालिका भित्रका सबै पर्यटकीय स्थलको जानकारी एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले टुरिष्ट डिजिटल एप निर्माण गर्ने निर्णय समेत गरिएको छ । एप मार्फत पदमार्ग, दृश्य, आवास, यातायात, सम्भावित जोखिम, सम्पर्क बिन्दु लगायत एकीकृत डिजिटल सूचना प्राप्त हुने व्यवस्था गरिने विकले जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More