― Advertisement ―

‘धम्कीहरू विकसित हुँदा, मिथुनले हाम्रो प्रतिरक्षालाई एक कदम अगाडि राख्छ’: गुगलले दावी गर्छ कि यसको AI ले यसलाई 2025 मा 8.3 बिलियन भन्दा बढी...

Google ले %lied 9 को %lied block मा मिथुन भन्छ 2025AI उपकरणहरूले ८.३ बिलियन विज्ञापनहरू हटाए, 24.9 मिलियन खाताहरू निलम्बित गरे, लाखौं घोटालाहरूसँग बाँधिएकाहरू...
HomeLatest newsदुर्गा प्रसाईंले भाडामा मान्छे ल्याएर उतार्नसक्ने सुरक्षा निकायको ब्रिफिङ

दुर्गा प्रसाईंले भाडामा मान्छे ल्याएर उतार्नसक्ने सुरक्षा निकायको ब्रिफिङ



८ कात्तिक, काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंल कात्तिक १५ पछि घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई ब्रिफिङ गरेका छन् ।

शनिबार बिहान चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले छलफल गरेका थिए ।

करिब दुई घण्टासम्म चलेको उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्म संकलन गरेका विवरण र वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण सुनाएका थिए ।

सो क्रममा प्रसाईं समूहले घोषणा गरेको आन्दोलन र सम्भावित चुनौतीबारे लामै छलफल भएको उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

स्रोतका अनुसार, यसअघि पनि गत १५ चैतमा तीनकुनेमा भएको घटनाको उदाहरण दिँदै प्रसाईं समूहबाट फेरि पनि यस्ता गतिविधि हुनसक्नेतर्फ सचेत हुनुपर्ने सुरक्षा प्रमुखहरूको भनाइ थियो ।

‘प्रसाईं समूहले विशेषगरी भाडामा मान्छे जम्मा पारेर ठूलो भिड जम्मा पार्नसक्ने देखिन्छ । गम्भीर समस्या पनि सिर्जना नहोला भन्न सकिँदैन,’ बालुवाटार बैठकमा एक सुरक्षा प्रमुखले भनेका छन्, ‘यो समूहको विशेष निगरानी आवश्यक छ ।’

प्रसाईं समूहको आन्दोलन व्यवस्थाकै विरुद्धमा भएकाले पनि घुसपैठ हुनसक्ने र अवस्था तनावपूर्ण बन्नसक्ने विश्लेषण बैठकमा सुरक्षा प्रमुखहरूले गरेका छन् ।

देश अहिले विषम परिस्थितिमा रहेको र यस्ता बेलामा अराजक आन्दोलनले थप क्षति हुँदा झनै संकट बढ्नसक्नेतर्फ प्रसाईंलाई सुरुमा सचेत गराउने तयारी सरकारको रहेको स्रोतको भनाइ छ ।

सोही विश्लेषण सुनेका गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकलगत्तै हिंसात्मक आन्दोलन नगर्न र संवादबाटै अघि बढ्न अपिल समेत गरेका थिए ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक समेत रहेका प्रसाईंकै अगुवाइमा चैत १५ गते तीनकुनेमा प्रदर्शन बनेको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्न पुग्दा ठूलो क्षति ब्यहोर्न परेको थियो ।

पुन: सोही एजेन्डा लिएर अघि बढेका प्रसाईं समूहबाट यस्ता गतिविधि दोहोरिनसक्ने संकेत देखिएको र केही सूचना समेत पाएको ब्रिफिङ बैठकमा भएको थियो ।

तीनकुने प्रदेशमा दुर्गा प्रसाईं ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले सकेसम्म प्रसाईंसँग संवाद गरेर अघि बढ्न गृहमन्त्री र सचिवलाई आग्रह समेत गरेकी थिइन् ।

स्रोत भन्छ, ‘सकेसम्म संवादबाटै अघि बढौं भन्ने हो । त्यसका लागि दुर्गा प्रसाईंसहित सो समूहका व्यक्तिसँग छलफल हुन्छ ।’

देश अहिले विषम परिस्थितिमा रहेको र यस्ता बेलामा अराजक आन्दोलनले थप क्षति हुँदा झनै संकट बढ्नसक्नेतर्फ प्रसाईंलाई सुरुमा सचेत गराउने तयारी सरकारको रहेको स्रोतको भनाइ छ ।

‘पहिला दुर्गा प्रसाईंसहितको टिमलाई बोलाएर छलफल गराउने । सकेसम्म संवादबाटै अघि बढ्ने बाटोमा लानेतर्फ कोसिस रहन्छ,’ एक सुरक्षा प्रमुख भन्छन्, छन्, ‘त्यसपछि पनि मान्नुभएन भने शान्तिपूर्ण आन्दोलनमात्रै गराउनेतर्फ छलफल अघि बढ्छ ।’

यदी सरकारको अनुरोधलाई बेवास्ता गरेर प्रसाईं समूह अघि बढेको खण्डमा जस्तोसुकै कदम चाल्नेगरी तयारी भइरहेको ती सुरक्षा प्रमुख बताउँछन् ।

‘सकेसम्म सम्झाउने नै हो । संवादबाटै अघि बढ्ने नै हो,’ ती प्रमुखले भने, ‘यदी आन्दोलन गराएरै छाड्ने र हिंसात्मक बन्ने अवस्था आयो भने एकदमै कडा भएर प्रस्तुत हुनेतर्फ तयारी छौं ।’

जसका लागि चारवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको समेत उनले बताए ।

प्रसाईंमाथि निगरानी !

सुरक्षा निकायले प्रसाईंका गतिविधिमाथि थप निगरानी बढाएको छ । विशेषगरी उनका गतिविधि, अभिव्यक्तिमाथि सुरक्षा निकायले निगरानी बढाएको हो ।

‘प्रसाईंले सञ्जालमाफर्त विभिन्न व्यक्तिमाथि लगाएका आरोप, विभिन्न सञ्चारकर्मी भेला पारेर दिइरहेका अभिव्यक्ति लगायतमा सुक्ष्म निगरानी राखिएको छ,’ स्रोत भन्छ ।

आन्दोलन एक दुई दिन पनि लम्बिन नदिनेगरी सुरक्षा रणनीति तय गरिएको छ ।

‘ठूलो मात्रामा जनशक्ति तयारी अवस्थामा छ,’ उच्च स्रोतले भन्यो, ‘आन्दोलन एक दुई दिन पनि बढी लम्बिन दिने सोचेका छैनौं ।’

संवादमा आउन गृहको अनुरोध

यसैबीच सरकारले आन्दोलन घोषणा गरेका सबै पक्षलाई वार्तामा आउन अपिल गरेको छ । सुरक्षा निकायको बैठकलगत्तै गृहमन्त्री अर्यालले पनि सो आग्रह गरेका थिए ।

लगत्तै, शनिबार साँझ नै गृह मन्त्रालयले निर्वाचनको वातावरण बिगार्नेगरी कुनै गतिविधि नगर्न सचेत गराएको छ । निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सबैपक्षलाई संयमित हुन आग्रह गरेको हो ।

सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै मन्त्रालय वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति समूहले धर्ना, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अराजकता निम्तिनेतर्फ आयोजकहरू नै सचेत हुनुपर्नेमा जोड दिएको छ ।

‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतको हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिइ मुलुकमा साम्प्रादायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ,’ मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More