― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest newsनेपालकी सुस्मिताले भारतकी स्टार फाइटर सोनमसँग खेल्ने

नेपालकी सुस्मिताले भारतकी स्टार फाइटर सोनमसँग खेल्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालकी मुवाथाई फाइटर सुस्मिता थापा मगरले नोभेम्बर ६ मा भारतको अरुणाञ्चलमा अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सोनम जोम्बासँग भिड्ने छिन्।
  • सुस्मिता र सोनमबीचको प्रतिस्पर्धा हालैमात्र घोषणा भएको प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए र यो सुस्मिताका लागि ठूलो चुनौती रहेको बताए।
  • सुस्मिता रिब्सको चोटका कारण अनफिट भए पनि ठूलो स्पर्धा भएकाले खेल्न राजी भएकी छन् भने प्रशिक्षक क्षेत्रीले सीमापारी गएर झण्डा उच्च पार्ने दृढ निश्चय व्यक्त गरे।

८ कात्तिक, पोखरा । मुवाथाईमा चम्किरहेकी नेपाल (गण्डकी)की फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् ।

नोभेम्बर ६ मा भारतको अरुणाञ्चलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् ।

सुस्मिताको लागि यो फाइट करियरकै ठूलो फाइटको रुपमा रहेको छ । उनले भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन् ।

सुस्मिता र सोनमबीचको प्रतिस्पर्धा हालैमात्र घोषणा भएको सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार सुस्मिताको लागि यो अवसरसँगै ठूलो चुनौती पनि हो ।

सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो स्पर्धा भएकाले खेल्न राजी भएकी क्षेत्रीले जानकारी दिए ।

२१ वर्षिय सुस्मिता मुवाथाईमा अहिलेसम्म अपराजित खेलाडी हुन् । तर, किकबक्सिङमा उनको रेकर्ड १–१ रहेको छ ।

फाइटिङ करियर सुरु भएको जम्मा एक वर्षमै उनले अन्तर्राष्ट्रि मञ्चमा मुख्य इभेन्टको फाइट पाउन सफल हुनु सामान्य कुरा नभएको प्रशिक्षक क्षेत्रीले बताए ।

उता भारतकी २७ वर्षीय सोनमको प्रोफेशनल फाइटिङ रेकर्ड ७-१ रहेको छ । एमएफएनको शीर्ष फाइटरमध्ये एक सोनमसँग अनुभव, शक्ति र स्थानीय समर्थन सबै आफ्नो पक्षमा हुनेछ ।

‘यो भिडन्त दुई फरक शैली र पृष्ठभूमिका फाइटरबीचको टक्कर हुने विश्वास लिएको छु,’ प्रशिक्षक क्षेत्रीले भने, ‘हामी सीमापारी गएर आफ्नो देशको झण्डा उच्च पार्ने दृढ निश्चयका साथ रिङमा उत्रने छौं ।’ उनले भने ।

सुस्मिता केही अनफिट रहेपनि उनको लागि यो अवसर रहेको त्यसलाई खेल जान नदिने लक्ष्यमा रहेको क्षेत्रीले बताए ।





Read More