८ पुस, काठमाडौं । बंगलादेशले भारतको अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र बन्द गरेको छ ।
दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवा अस्थायी रूपमा बन्द गरेको बंगलादेशले मंगलबारबाट अगरतला र सिलिगुडीस्थित कार्यालयहरू बन्द गरेको हो ।
बीबीसी बंगला सेवाका अनुसार त्रिपुराको अगरतलास्थित बंगलादेश भिसा र काउन्सलर सेवाहरू मंगलवार (आज)देखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
यस्तै पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकाज पनि अस्थायी रूपमा निलम्बन गरिएको छ ।
बंगलादेशमा हिन्दु युवक दिपुचन्द्र दासको मृत्यु भएपछि पछिल्ला केही दिनदेखि अगरतलामा केही स्थानीय संगठन विरोध प्रदर्शन गर्दै आएका छन् ।
यद्यपि, बीबीसी बंगला सेवाले दूतावासको हवाला दिँदै कोलकातामा रहेको भिसा कार्यालय भने खुला छ ।
यसअघि बंगलादेशले दिल्लीस्थित उच्चायोगमा भिजा सेवाहरू अस्थायी रूपमा बनद गरेको थियो ।
उच्चायोगको गेटमा सूचना टाँस गरेर अर्को सूचना जारी नहुँदासम्म सेवाहरू बन्द गरिएको जनाइएको बीबीसी हिन्दी सेवाको अन्लाइन संस्करणले जनाएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

