― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsनापोलीले जित्यो इटालियन सुपर कपको उपाधि – KhabarHost

नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि – KhabarHost


राष्ट्रिय

समाचार.

  • डेभिड नेरेसको दुई गोल मद्दतमा नापोलीले साउदी अरेबियाको रियाधमा बोलोग्‍नालाई २-० ले हराउँदै इटालियन सुपर कप जितेको छ।
  • नापोलीका मातेओ पोलितानोले भने, ‘हामी इटालीका च्याम्पियन भएर आएका थियौं। यो ट्रफी जित्ने लक्ष्य थियो र राम्रो प्रदर्शन गर्‍यौं।’
  • यो नापोलीको तेस्रो सुपर कप उपाधि हो र प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।

८ पुस, काठमाडौं । डेभिड नेरेसको दुई गोल मद्दतमा इटालियन सिरी ए च्याम्पियन नापोलीले बोलोग्‍नालाई हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ।

साउदी अरेबियाको रियाधमा भएको फाइनल खेलमा नापोली २-० ले विजयी भएको हो ।

ब्राजिलियन विंगर नेरेसले ३९औं मिनेटमा पहिलो गोल । दोस्रो हाफको ५७औं मिनेटमा नेरेसले अर्को गोल थपे।

जितपछि नापोलीका खेलाडी मातेओ पोलितानोले भने, ‘हामी इटालीका च्याम्पियन भएर आएका थियौं। यो ट्रफी जित्ने लक्ष्य थियो र राम्रो प्रदर्शन गर्‍यौं।’

यो नापोलीको तेस्रो सुपर कप उपाधि हो। नेरेसले यस प्रतियोगितामा कुल तीन गोल गरे, जसमा एसी मिलानविरुद्धको सेमिफाइनलको एक गोल पनि समावेश छ।

पहिले यो प्रतियोगिता लिग र कप विजेताबीच मात्र हुन्थ्यो। तर २०२३ देखि चार टोली सहभागी हुने व्यवस्था गरिएको छ। यो प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More