― Advertisement ―

सेनाले नयाँ डाटा सेन्टरहरू चाहन्छ र सामुदायिक बैठकहरूले प्रमुख टेक कम्पनीहरूलाई चोट पुर्याउने प्रतिक्रियालाई रोक्न सक्छ भन्ने सोच्दछ

अमेरिकी सेनाले अनुमोदित गरेको 020 020 मिडिया प्रस्तावहरूका लागि। कार्यान्वयनचार सैन्य स्थापनाहरूले छिट्टै अमेरिकाभरि ठूला-ठूला डाटा सेन्टर क्याम्पसहरू होस्ट गर्न सक्नेछन्सबै प्रस्तावित सुविधाहरूले स्थानीय...
HomeLatest newsथाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय विमानस्थलमा समातिए

थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय विमानस्थलमा समातिए



२१ पुस, काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक र गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ र यासिन अब्दुल्ला छन् ।

पदला १ किलो ५३० ग्राम गाँजासहित विमानस्थलको आवगमन टनेलबाट पक्राउ गरिएको हो । उनी थाई एयरको उडानमार्फत बैककबाट काठमाडौं आएका थिए ।

उनले ल्याएको गाँजा रिसिभ गर्न आएका अब्दुल र यासिन पनि समातिएका हुन् । तीनै जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More