― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsत्रिविमा लगाइएको ताला खोल्न स्ववियुका १५ सदस्यको ध्यानाकर्षण

त्रिविमा लगाइएको ताला खोल्न स्ववियुका १५ सदस्यको ध्यानाकर्षण



२६ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगाएको ताला खोल्न स्ववियुका सचिव हिक्मत बुढासहित १५ जनाले माग गरेका छन् ।

त्रिविको चार वटा विभागको शुल्क घटाउन माग राखेर क्रान्तिकारीले ताला लगाएको छ । त्यसको विरोधमा त्रिविको स्ववियुका १५ सदस्यले विज्ञप्ति निकालेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारी को नामबाट उपकुलपति, रेक्टर तथा रजिष्ट्रारका कार्यालयहरूमा गरिएको अनिश्चितकालीन तालाबन्दीप्रति हामी संयुक्त रूपमा घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

ज्ञान उत्पादन र विद्यार्थीको भविष्य निर्माण हुने जस्तो संवेदनशील संस्थामा तालाबन्दी गरी सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि ठप्प पारेर कुनै पनि समस्याको दिगो र समाधानमुखी निकास सम्भव नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सर्वोच्च अदालतको आदेश तथा संयुक्त विद्यार्थी संघ–संगठनहरूद्वारा शैक्षिक संस्था र विश्वविद्यालयहरूमा तालाबन्दी नगर्ने भनी गरिएको संयुक्त सहमतिको ठाडो उल्लङ्घन गर्दै, स्वयंले गरेको सहमतिलाई नै अवहेलना गरी गरिएको यो अनिश्चितकालीन तालाबन्दी कानुनी राज्यको उपहास मात्र होइन, अत्यन्त लज्जास्पद र गैरजिम्मेवार कार्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

वार्तामार्फत समस्याको समाधान खोज्न स्ववियुले अनुरोध गरेको छ ।

तालाबन्दी–रहित शैक्षिक संस्था तथा विश्वविद्यालयको पक्षमा उनीहरू उभिएका हुन् ।

‘तालाबन्दी नखुलाइएमा विश्वविद्यालयको नियमित शैक्षिक तथा प्रशासनिक गतिविधि सुचारु गराउने उद्देश्यले तालाबन्दी खोल्ने कार्यमा हामी स्वयंले सहजिकरण गर्ने व्यहोरा सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।





Read More