― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsउज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान

उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान


राष्ट्रिय

समाचार.

  • उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो चुनाव चिह्नबाट सहभागी हुन इच्छुक उम्मेदवारलाई पुस ३० गतेभित्र सम्पर्क गर्न आह्वान गरेको छ।
  • पार्टीले शनिबार एकता भाँडिएपछि उम्मेदवारी आह्वान गरेको र समानुपातिकतर्फ सहभागी नहुने जनाएको छ।
  • आयोगका अनुसार पार्टीका सदस्यहरू रास्वपाको समानुपातिक सूचीमा देखिएका छन् र उनीहरू त्यहीबाट छुट्ने देखिन्छ।

२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुन चाहनेलाई उम्मेदवारी आह्वान गरेको छ ।

यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए ।

रास्वपासँग एकताको सहमति गरेको उज्यालो नेपाल पार्टीले शनिबार एकता भाँडिएपछि यस्तो आह्वान गरेको हो ।

समानुपातिकतर्फ भने यो पार्टीबाट सहभागीता नहुने भएको छ । आयोग पदाधिकारीका अनुसार, समसीमाभित्र आएको सूची फिर्ता भइसकेको र अहिलेको अवस्थामा सो पार्टीका सदस्यहरू रास्वपाको सूचीमा देखिएको छ ।

जस अनुसार, उनीहरू समानुपातिकमा छुट्ने देखिन्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More