― Advertisement ―

NYT Strands संकेत र जवाफ बुधवार, अप्रिल 22 को लागि (खेल #780)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
Homeतीव्र हावाहुरीले न्यूजील्यान्डमा जनजीवन अस्तव्यस्त, सयौँ उडान रद्द

तीव्र हावाहुरीले न्यूजील्यान्डमा जनजीवन अस्तव्यस्त, सयौँ उडान रद्द


Photo Credit : Getty Image


News Summary

Generated by OK AI. Editorially reviewed.

  • न्यूजील्यान्डमा तीव्र हावाहुरीले प्रति घण्टा १५५ किलोमिटरको रफ्तारले व्यापक क्षति पुर्‍याएको छ।
  • सरकारले प्रभावित क्षेत्रहरूमा ‘रेड विन्ड वार्निङ’ जारी गरी नागरिकहरूलाई घरमै बस्न सल्लाह दिएको छ।
  • वेलिङ्गटनकी मेयर टोरी व्हानौले भनिन्, ‘हामीले यस्तो हावाहुरीको सामना गरिरहेका छौँ, जुन दशकौंमा एक पटक आउँछ।’

६ कात्तिक, काठमाडौँ। न्यूजील्यान्डमा तीव्र गतिको हावाहुरीका कारण अवस्था गम्भीर बनेको छ। प्रशासनले नागरिकहरूलाई घरभित्रै बस्न अपील गरेको छ।

बीबीसीका अनुसार, न्यूजील्यान्डको दक्षिणी र मध्य भागमा प्रति घण्टा १५५ किलोमिटरसम्मको रफ्तारले चलेको हावाहुरीले व्यापक क्षति पुर्‍याएको छ।

कस्तो छ क्षतिको अवस्था ? 

  • विद्युत अवरुद्ध: करिब ९० हजार घरको विद्युत आपूर्ति ठप्प भएको छ।
  • उडान रद्द: १०० भन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्।
  • प्रभावित क्षेत्र: राष्ट्रिय मौसम सेवाका अनुसार क्यान्टरबरी, वेलिङ्गटन, नेल्सन र मार्लबोरो क्षेत्रमा हावाहुरीको सबैभन्दा बढी असर देखिएको छ।
  • यातायात अवरोध: धेरैजसो क्षेत्रमा रुख र बिजुलीका पोलहरू उखेलिएका छन्, जसका कारण सडक बन्द हुनुका साथै रेल सेवाहरू पनि प्रभावित भएका छन्।

सरकारले के भन्यो ?

  • सरकारले प्रभावित क्षेत्रहरूमा ‘रेड विन्ड वार्निङ’ जारी गरेको छ, जुन न्यूजील्यान्डको सबैभन्दा गम्भीर मौसम चेतावनी श्रेणी हो।
  • दक्षिणी टापुका पहाडी इलाकाहरूमा भारी वर्षा र पहिरोको सम्भावना पनि व्यक्त गरिएको छ।
  • आपत्कालीन व्यवस्थापन मन्त्रालयले नागरिकहरूलाई घरमै बस्न, अनावश्यक यात्रा नगर्न र आपतकालीन किट तयार राख्न सल्लाह दिएको छ।

वेलिङ्गटनकी मेयर टोरी व्हानौले भनिन्, ‘हामीले यस्तो हावाहुरीको सामना गरिरहेका छौँ, जुन दशकौंमा एक पटक आउँछ। हाम्रा टोलीहरू सडक र बिजुलीका लाइनहरू सफा गर्नमा जुटेका छन्, तर यसमा समय लाग्नेछ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More